• बाहुनडाँगी । धनकुटा जिल्लाको पर्यटन प्रर्वधनका लागि प्रस्तावित धनकुटा लेडी जेसीजले एक दिने पर्यटकीय क्षेत्रमा पैदल यात्रा गरिएकोे छ ।
    ‘स्वास्थ्यका लागि पैदल यात्रा’ भन्ने नाराका साथ धनकुटाका विभिन्न सााजिक संघ संस्था तथा सरकारी संस्थाहरुको सहकार्यमा जेसीजले धनकुटा बजारदेखि याक्चनाघाटसम्मको पैदल यात्रा गरिएको थियो । शाखाकी संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठको नेतृत्वको टोलीमा सशस्त्र प्रहरी नायव उपरिक्षक बालकृष्ण श्रेष्ठ, उद्योग वाणिज्य संघ धनकुटाका कार्यालय प्रमुख जयन्द्र प्रधान, धनकुटा बहुमुखी पाठशालाका अध्यक्ष सरोज भुजेल, उद्योग वाणिज्य संघका उपाध्यक्ष तारा तितुङ, सनराइज बैक धनकुटाका प्रवन्धक दिनेश अधिकारी, राष्ट्रिय सहकारी धनकुटाका सिद्धिकुमार श्रेष्ठ, समाजसेवी मनोज नारायण श्रेष्डलगायतल पैदल यात्रामा सहभागि हुनु भएको थियो ।
    हाइकिङ गरिएको क्षेत्र धनकुटा नगरपालिका वडा नम्बर ८ को तमोर नदीको किनारमा पर्छ । यस क्षेत्रको प्रवधन गर्न सकेमा यहाँ घुम्न आउने पर्यटकहरुमा बृद्धि हुने शाखाकी अध्यक्ष श्रेष्ठले बताउनु भयो । उक्त हाइकिङ कार्यक्रमको संयोजक मेनुका बस्नते रहनु भएको थियो ।

















सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…