• बाहुनडाँगी । गैंडाकोट जेसीजले शनिबार एकै पटक तीनवटा कार्यक्रम सम्पन्न गरेकोे छ । संस्थाको आयोजनामा पर्यावरण संरक्षणका लागी बृक्षारोपण कार्यक्रम गरिएको छ । युवाहरुको सक्रियतामा गैंडाकोट १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा वृक्षरोपण गरिएको थियो । समारोहमा वडा अध्यक्ष सापकोटासहित प्याब्सनका केन्द्रीय उपाध्यक्ष भरतबाबु कंडेल, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवम् शाखाका निवर्तमान अध्यक्ष गोकुल सापकोटा, अधिवक्ता रमेश काफ्ले, जेसीज वर्ष २०१९ का अध्यक्ष भानुभक्त रिमाललगायतको सामूहिक उपस्थितिमा बृक्षरोपण गरिएको हो । युवाहरुको सामाजिक दायित्वअन्तर्गत बेमौसममा समेत वृक्षरोपण गरी समुदायमा बेग्लै सन्देश प्रवाह गरेको छ ।

    यसैगरी जेसीजले शनिबार नै पर्यटन प्रर्वद्धनका लागि भन्दै गणेश मन्दिर परिसरमा सरसफाइ तथा डस्टबिन समेत हस्तान्तरण गरेको छ । युवाहरुले धार्मिक सम्पदाको संरक्षण र सम्बद्र्धनमा निभाउनुपर्ने दायित्वअन्तर्गत कार्यक्रम गरिएको कार्यक्रम संयोजक एवं जेसीज वर्ष २०१९ का उपाध्यक्ष दिपक सापकोटाले जानकारी दिनुभएको छ । यसैगरी स्नेह मिलन कार्यक्रम समेत शनिबार नै सम्पन्न गरिएको छ । जेसीजका युवाहरुसहित सरोकारवाला पक्षको उपस्थितिमा यस्तो गैंडाकोट–१ स्थित मौलाकालिका सामुदायिक वनमा कार्यक्रम गरिएको शनिबार आयोजित कार्यक्रमका संयोजक सापकोटाले जानकारी दिनुभएको छ । यसैबिच गैंडाकोट जेसीज वर्ष २०१९ का अध्यक्ष रिमालले गैंडाकोट जेसीज सामाजिक क्षेत्रमा थप दायित्व बोध गर्दै अझ अगाडी लम्किने बताउनुभएको छ ।




सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…