• बाहुनडाँगी । प्रदेश पाँच आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले द्वन्द्वरत पक्षलाई आफ्नो स्टेप बिग्रिँदा कहाँ पुगिन्छ भेन्ने हेक्का राख्न आग्रह गर्नुभएको छ ।सरकारले आफ्नो स्टेपको हिसाव गरेरै प्रतिवन्धको निर्णय गरेको बताउँदै उहाँले मुलुकको शान्ति र समृद्धिका पहल गर्दा स्यावासी पाउनु पर्नेमा आलोचना हुनु राम्रो नभएको पनि बताउनु भयो । द्न्द्वरत पक्षले आफूले चालेको स्टेप बिग्रिदा कहाँ पुगिन्छ भन्ने पनि हिसाव गर्नुपर्छ । उहाँले भन्नुभयो– सरकारले आफ्नो स्टेपको हिसाव गरेर निर्णय गरेको छ । बुटवल जेसीजले आज बुटवलमा आयोजना गरेको ‘शान्तिकालागि सहकार्य’ कार्यक्रममा बोल्दै मन्त्री केसीले स्थिर शान्तिकालागि अझै धेरै काम गर्न बाँकी रहेको र त्यो पुरा हुँदा पनि असहमती बाँकी रहने उल्लेख गर्नुभयो । उहाँले द्वन्द्वको कहाली लाग्दो दिनबाट यहाँसम्म आएको स्मरण गर्दै सकारात्मक शोंच सहित अंगाडी बढेमा शान्तिको यात्रा लामो नभएको उल्लेख गर्नुभयो ।शान्तिकालागि बिकास र समृद्धि आवश्यक रहेको बताउँदै उहाँले बिकास र समृद्धिकालागि प्रदेश सरकारले कृषिको व्यबसायिक बिकास, कृषिमा आधारित औद्योगिकिकरण र त्यसैका माध्यमबाट पर्यटन बिकासको दीर्घकालिन योजना बनाएको बताउनु भयो । मन्त्री केसीले प्रदेश सरकारले प्रदेशलाई के र कस्तो बनाउने भन्ने विषयमा केही दिनमा रोडम्याप ल्याउन लागेको जानकारी गराउनु भयो ।

    त्यस्तै बुटवल उपमहानगरपालिकाकी उपमेयर गोमादेवी आचार्यले सरकारले ल्याएको नारा ‘समृद्ध नेपाल खुसी नेपाली’ शान्तिको आधार भएको बताउँदै नारालाई सार्थक बनाउनकालागि सरकारले गम्भिर भएर काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संघीय सरकार र प्रदेश सरकारले बनाउनु पर्ने कानुन नबनाउँदै स्थानीय सरकारलाई कानुन निर्माणमा समस्या भएको बताउँदै कर्मचारी समायोज नहुँदा पनि काममा बाधा पुगेको उल्लेख गर्नुभयो । नेपाल जेसीजका उपाध्यक्ष अर्जुन अधिकारीले शान्ति कायम गर्न र हिंसा न्यूनिकरणकालागि नेपाल जेसीजले पहिलेदेखि नै अभियान सञ्चालन गर्दै आएको बताउनु भयो । कार्यक्रममा पत्रकार भवानीप्रसाद पाण्डेले युवा, द्वन्द्व र शान्ति आपसमा जोडिएको उल्लेख गर्दै विभिन्न देशका उदाहरण सहित युवालाई शान्तिमा जोड्न सकिने बताउनु भयो । २०६८ को जनगणना अनुसार नेपालको कुल जनसंख्याको ४० प्रतिशत युवाको संख्या रहेको बताउँदै उहाँले १६ देखि ४० वर्ष उमेर समुहका १ करोड ६ लाख युवा मध्ये ४० लाख युवा अध्ययन तथा रोजगारीको सिलसिलामा बिदेश पलायन भएको तथ्यांक प्रस्तुत गर्नुभयो । रोजगारीकालागि बिदेश पलायन हुने युवाको संख्या घटेको भएपनि रेमिट्न्स बढेको बताउँदै उहाँले मुलुकको स्थायी शान्तिकालागि युवालाई स्देशमै काम गर्ने वातावरण बनाउनु पर्ने र त्यहिबाट समृद्धि प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो ।
    त्यस अवसरमा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले शान्तिकालागि युवाहरुको भूमिकाका बिषयमा प्रवचन गर्नुभएको थियो । कार्यक्रममा १५० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले मुलुकमा दिगो शान्ति सम्भव छ र शान्ति र समृद्धिकालागि आफ्नो ठाउँबाट थोरै भएपनि योगदान दिन सकियोस भन्ने उद्देश्यले अभियानको थालनी गरिएको बताउनु भयो । कार्यक्रम बुटवल जेसीजका महासचिव राजिव गौतमको सञ्चालनमा भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…