• बाहुनडाँगी । चन्द्रनिगापुर सिटी जेसीजको सचिवालय भवन बन्ने पक्का भएको छ ।
    चन्द्रपुर नगरपालिकाले जेसीजको भवन निर्माणका लागि दुई कठ्ठा जग्गा उपलब्ध गराएपछि उक्त स्थानमा भवन निर्माणका लागि शनिवार भवनको शिल्यान्यास गरिएको हो । उक्त भवनको शिल्यान्यास प्रतिनिधि सभाका संघीय सासंद देवप्रसाद तिम्सिनाले गर्नु भएको थियो ।
    शाखा अध्यक्ष निर्मल भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशका सांसद धनलाल ठोकर, मेयर रामचन्द्र चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष सञ्जय काफले, शाखाका संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष  जनकराज भारती, मधुसुधन धिताल, निर्वतमान अध्यक्ष अनन्त अधिकारीलगायतको सहभागिता रहेको छ ।
    कार्यकारीणी उपाध्यक्ष अवधेश हरि भट्टराईलाई भवन निर्माण समितिको संयोजक तोकिएको र यो वर्षभित्रमा भवन निर्माण गरिसक्ने कार्यकारीणी उपाध्यक्ष गोपाल गुप्ताले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…