• वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको शनिबार दिउँसो निधन भएको छ । राष्ट्रिय समाचार समिति (रासस) को संस्थापक सदस्य समेत रहेका श्रेष्ठको हृदयाघातका कारण निधन भएको हो ।

    काठमाडौं महानगरपालिकाअन्तर्गत ताहाचल निवासी श्रेष्ठलाई हृदयाघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याउने क्रममा बाटामै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    उनी ८६ वर्षका थिए । शनिबार साँझ नै पशुपतिस्थित आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ । दिवंगत श्रेष्ठका श्रीमती, एक छोरी र एक छोरा छन् । रामराज पौड्याल, गोविन्द वियोगी र श्रेष्ठ राससका संस्थापक थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…