• कुमार खड्का चैत ३,पथरी ।
    “किरात राई खेलकुद संघ मोरङ” को आयोजनामा सम्पन्न भएको जिल्ला क्याम्पस स्तरिय महिला भलिवल प्रतियोगिता मा आयोजकले नियम र स्तर विपरित खेल सञ्चालन गरि संघ सस्थालाई ठगी रहेको भएता पनि स्थानिय सरोकार वाला पक्ष भने टुलुटुलु हेर्दै बसेको छ ।
    मोरङको पथरीमा गत फागुन ३० गते विहिवार सम्पन्न प्रथम मोरङ जिल्ला क्याम्पस स्तरिय महिला भलिवल प्रतियोगिता मा २ वटा टिमको सहभागितामा फाईनल खेल सम्पन्न गरिएको छ ।

    प्रतियोगिता सञ्चालन गर्नका लागि भनेर आयोजक “किरात राई खेलकुद संघ मोरङ”ले स्थानिय स्तरमा रहेका विभिन्न संघ सस्थामा सहयोगका लागि पत्र काटेको भएता पनि खेल नियम विपरित सञ्चालन गर्दै सहयोगि सस्थाको आँखामा छारो हाल्ने काम गरेको छ ।
    जुन प्रतियोगिताको नेतृत्व “किरात राई खेलकुद संघ मोरङ” की अध्यक्ष निता कुलुङ राईले गरेकी हुन् ।
    राईले नेतृत्व गरेको सो प्रतियोगितामा गत फागुन २६ गते प्रतियोगिता सञ्चालनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मोरङका उर्लावारी,लेटाङ,पथरी,भगवती,रमाईलो र सुकुना क्याम्पसको आधिकारीक सहभागिता रहने भनेर वताइएको थियो ।
    तर सो प्रतियोगिता सञ्चालनका दिन उर्लावारी र पथरी वहुमुखी क्याम्पसका साथमा पथरीका २ वटा निजी विध्यालय एभरेष्ट र रेडस्टार माध्यामिक विध्यालयको सहभागिता जनाउदै खेलको स्तर नमिलाई प्रतियोगिता सम्पन्न गरेर सहयोगीको आँखा छल्ने काम भएको छ ।
    राईको नेतृत्वमा खेल सञ्चालन हुन अगाडी नै खेल तयारीका लागि भन्दै काठमान्डौ मा रहेको रिक्यालस कम्पनी वाट १९ हजार सहयोग उठाएर खेलको तयारी गरेको राईले नै वताएकी छिन ।
    यसरी सहयोगी सस्थाहरुवाट पैसा लिएर नियम र स्तर विपरीत खेल सञ्चालन गर्दा पनि स्थानिय सरोकार वाला हरु भने मौन देखीएका छन् ।
    यति ठुलो गल्ती हुँदा पनि सामान्य कमी कमजोरी भएको भन्दै स्थानिय सरोकारवाला पक्ष उल्टो ढाकछोप गर्न तर्फ अग्रसर भएको देखीन्छ ।
    खेल सञ्चालनको बारेमा आफुलाई कुनै आधिकारीक जानकारी पनि नभएको र खेल नियम र स्तर विपरित सञ्चालन भएको भेटिएको खण्डमा नगर खेलकुद विकास समितिको नियम अनुसार आयोजक लाई कार्वाहि गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष मनि लिम्वुले वताए ।
    प्रतियोगिता बारे एभरेष्ट र रेडस्टार माध्यमिक विध्यालय लाई अन्तिम समयमा टेलिफोन गरि मौखीक रुपमा जानकारी गराउदै खेलमा सभागिता जनाईदिन आग्रह गरेको दुवै विध्यालयले जनाएको छ ।
    क्यापस स्तरीय प्रतियोगिता सञ्चालन गर्ने भन्दै राईको अगुवाई विभिन्न संघ–सस्था र स्थानिय सरकारको कार्यलयहरुमा समेत सहयोगको लागि पत्र काटेको भेटिएको छ ।
    तर प्रतियोगिता सो स्तरको नभएर माध्यमिक तहका स्कुल हरुलाई संलग्न गराई खेलको नियम विपरित सञ्चालन गर्दै ठगि गर्न खोजिएको छ ।


    यसरी दिउसै खुल्ला चौरमा स्थानिय सरकारकै अगाडी नियम विपरित खेल सञ्चालन गरि सर्वसाधरणको आखाँमा छारो हाल्ने काम हुदा समेत सम्वधित सहयोग गर्न तयार हुने संघ–सस्था भने मौन रहेको छन् ।
    खेल सञ्चालनका लागि लाग्ने खर्च मध्ये सहयोगका लागि पथरीशनिश्चरे नगरपालिकामा २५ हजार र रतुवामाई नगरपालिकामा १० हजार रुपैयाको प्रपोजल पेस गरेको भेटिएको छ ।
    पूर्व निर्धारित खेल तालिकामा समावेश भएका कुनै समुह उपस्थित नभएको खण्डमा उपस्थित भएका समुह हरु विच नै प्रतियोगिता गराउनु पर्ने अन्तर्राष्ट्रिय प्रशिक्षण लेभल कोच दोस्रो तहका प्रशिक्षक अञ्चल धिमालको तर्क छ ।
    १ लाख ७० हजार अनुमानित खर्च आँकलन गरिएको सो प्रतियोगितामा पुरस्कारमा पहिलो राशि १५ हजार र दोस्रो राशि १० हजार खर्च गरिएको छ भने एउटा स्पिीकर वक्स भएको साउण्ड सिस्टमा ६ हजार र स्टेजमा १५ हजार खर्च भएको अध्यक्ष कुलुङले बताईन ।
    यस अघि पनि राईकै नेतृत्वमा सञ्चालन भएको महिला फुटवल प्रतियोगिताको हिसाव–किताव अझै सम्म पनि सार्वजनिक गरिएको छैन् ।
    यसरी राईले कहिले महिला फुटवल, कहिले भलिवल प्रतियोगिता गराउने भन्दै विभिन्न संस्थाको नाममा विभिन्न संघ संस्थामा सहयोग उठाउदै प्रतियोगिताको नाममा झारो टार्ने गरेको भेटिएको छ ।
    जसले अन्य सक्षम र सवल पक्षलाई भावी दिनमा यस्ता प्रतियोगिता गराउदा समस्या पर्ने देखीएको छ ।
    बिहीवार सम्पन्न खेलमा उर्लाबारी क्याम्पसले पथरी बहुमुखी क्याम्पसलाई २५—१४, १८—२५ र २६—१५ को सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि उचालेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…