• काठमाडौं, ३ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि सरकारले प्रतिबन्ध लगाएपछि त्यसले यतिबेला नयाँ खाले राजनीतिक तरंग पैदा गरेको छ । विशेषगरी विप्लवमाथि प्रतिबन्ध लगाउन लबिङ गर्नेहरुमा पूर्वमाओवादीहरु नै रहेको देखिन्छ ।

    केही दिनअघि सत्तासीन नेकपाका अध्यक्ष प्रचण्डले पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै विप्लवले आफूलाई मार्ने योजना बनाएको खुलासा गरे । त्यही अनुरुप सरकारले प्रचण्डको सुरक्षा व्यवस्थामा थप कडाइ गरिसकेको छ ।

    प्रचण्डलाई सरकारले मजबुत सुरक्षा प्रदान गरे पनि उनका अनुयायीहरु भने यतिबेला आफूलाई असुरक्षित महसुस गरिरहेका छन् । त्यसैले यतिबेला उनीहरु विप्लवलाई फकाउने रणनीतिमा जुटेको नेकपामा रहेका एक जना पूर्व माओवादीले बताए ।

    हाल नेकपामा रहेकामध्ये अकुत कमाएर विप्लवको टिम लिस्टमा परेकाहरु यतिबेला अत्तालिएका छन्, उनीहरुले नै विप्लवमाथि प्रतिबन्ध लगाउन प्रचण्डलाई आग्रह गरेका थिए, अहिले उनीहरु नै प्रतिबन्ध लगाएर सरकारले गलत गर्यो भनिरहेका छन्, ती नेताले बताए ।

    उनका अनुसार एमाओवादीमा रहेर विप्लवको विचार र गतिविधिलाई पहिला सबैभन्दा घृणा र विरोध गरेका छन् । विप्लवको नेतृत्वको पार्टीले माओवादी आन्दोलनमा लागेर अकुत कमाएका विरोधमा पनि लाग्ने घोषित नीति बनाएको छ ।

    अब प्रतिबन्धले त्यस्ता कारबाही उग्र रुपमा तत्काल बढाउँछ भन्ने जो कसैले बुझ्छ । यही कारण जनयुद्धकाल र त्यसपछि पनि अपारदर्शी रुपमा अकुत कमाएकाहरु नै गतिविधि माथिका प्रतिबन्धको उग्र विरोधमा उत्रिएका छन् ।

    जनयुद्धकाल र त्यसपछि पनि अकुत कमाएका देवेन्द्र पौडेल, कृष्णबहादुर महरामार्फत छोराहरुलगायतको यो कदमको खुलेर विरोध भएबाट धेरैले विप्लवको तत्काल निशानाबाट बच्न टाउको लुकाएको चर्चा सुनिएको छ ।

    आर्थिक क्षेत्रमा अपारदर्शी भएको अभियोगमा विप्लवको नेतृत्वको पार्टीले आफ्नै पार्टीका नेता प्रकाण्डलाई नै निलम्बन गरेर आर्थिक मुद्दामा कठोर रुपमा आउने संकेत दिइसकेको छ ।

    यो स्थितिमा उसले माओवादीमा लागेर अकुत कमाउनेहरुको विरोध यसले प्रहारको निशाना बनायो भने धेरै ठूलो माओवादी हिस्साले यो पार्टीलाई नैतिक समर्थन नै गर्छ ।

    नेकपामा १४ गुट सक्रिय
    नेकपामा पार्टीभित्रको आन्तरिक विवादले पार्टी पूर्ण रुपले एकीकरण हुन नसकिरहेको अवस्थामा पार्टीभित्र लाभको पद खोज्ने र सम्मानजनक हैसियत प्राप्त गर्न १४ वटा गुट सक्रिय देखिएका छन् । अहिले सक्रिय रहेको १४ गुटमध्ये नेतृत्व तहमै दुई गुटको प्रभाव भने सतहमै शक्तिशाली देखिएको छ ।

    पछिल्लो समय पार्टीलाई एक बनाउन दुई अध्यक्षको पद सिर्जना गरिएपछि अहिले अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालका बीचमा छुट्टाछुट्टै गुट सतहमा देखिएका छैनन् ।

    देखावटी रुपमा दुवै अध्यक्ष एउटै गुटमा भए पनि भित्रभित्रै ओली र दाहालका पनि फरक फरक गुट विकसित भइरहेका छन् । कतिपय विषयमा दुई अध्याका बीचमा पनि ठूला असहमतिहरु रहेको र त्यसले नि बेलाबेलामा पार्टी एकीकरणमा असहज अवस्था सिर्जना गराएको वरिष्ठ नेता माधुवकुमार नेपाल पक्षका नेताहरु बताउँछन् ।

    त्यसो त अध्यक्ष दाहालले कतिपय सार्वजनिक कार्यक्रममा नै अध्यक्ष ओलीसँग असहमति भएको बताइरहेका छन् । दाहालले केही दिनअघि पार्टीमा माओवादी पक्षलाई यसरी नै पेलिरहने काम भए अर्को विद्रोह सुरु हुने भन्दै दुई, चार दिन ओलीलाई काउन्टर दिँदै हिँडेका थिए ।

    पूर्व माओवादीभित्र रहेका विभिन्न स साना गुटहरुले पनि अध्यक्ष दाहाललाई बेलाबेलामा घचघच्याउँदै आएका छन् । नेताहरुको भनाइअनुसार अहिले नेकपाभित्र कुन समूह सन्तुष्ट र कुन समूह असन्तुष्ट भनेर छुट्टयाउनै गाह्रो भइरहेको छ ।

    शीर्ष तहमा हेर्ने हो भने नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालका प्रमुख तीन गुट सक्रिय रहेका छन् । आफ्नो गुटको स्वार्थका कारण उनीहरुबीच भागबन्डा नमिलेका कारण पार्टी एकता झनै सकसमा पुगेको छ ।

    शीर्ष तीन नेताका प्रमुख गुटका साथै अन्य साना नेताहरुका पनि फरक फरक गुटहरु विकसित भइरहेका छन् । पार्टी एकताको घोषणापछि नेकपामा थप गुटहरु विकसित भइरहेको नेताहरुको भनाइबाटै पुष्टि हुन्छ ।

    अहिले साना साना गुटहरु पनि सक्रिय रहेकोले पार्टीका विभिन्न पदहरुमा भागबन्डा मिलाउन समस्या भइरहेको छ । दुई अध्यक्ष र वरिष्ठ नेता नेपाल अहिले नेकपामा वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा, स्थायी कमिटीकास दीय भीम रावल, मातृका यादव, वर्षमान पुन, टोपबहादुर रायमाझी, जनार्दन शर्माका पनि छुट्टाछुट्टै गुट विकसित भएका छन् ।

    महासचिव विष्णु पौडेलको गुटलाई महासचिव भएपछि अध्यक्ष आली गुटमा मिलाएका छन् । प्रत्यक्ष अप्रत्यक्ष रुपमा गुटगत स्वार्थकै कारण एकता प्रक्रियामा ढिलाइ भएको नेताहरुले बताएका छन् ।

    तत्कालीन एमाले र माओवादीबीचमा ३ जेठमा पार्टी एकीकरण भएपछि शीर्ष नेताहरुले तीन महिनाभित्रमा पार्टी एकता टुंगो लगाउने दाबी गरेका थिए ।

    तर, अहिलेसम्म गुटगत विवादकै कारण भागबण्डा नमिल्दा पार्टीको माथिल्लो निकाय सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी गठन भए पनि नेपाल पक्षले चित्त बुझाएको अवस्था छैन ।

    यसअघि वरिष्ठ नेता माधव नेपाललाई छलेर गठन गरिएको प्रदेश कमिटीमा ओली र दाहालकै बीचमा कुरा मिलेको छैन भने नेपाल पक्षले यसलाई भंग गरेर नयाँ प्रदेश कमिटी बनाउनुपर्ने माग गरिरहेको देशान्तरमा उल्लेख छ ।

    पार्टी एकीकरणको बाँबी काम टुंगोमा पुर्याउन र केन्द्रीय कमिटीदेखि तल्लो तहसम्म पदीय मर्यादा मिलाउन स्थायी कमिटीको बैठकमै शक्तिशाली कार्यदल गठन गर्ने सहमति अनुसार कार्यदल बनाइएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…