• बाहुनडाँगी । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसीआइ सिनेटर कमल भण्डारीले आफ्नो निरुपित शाखाहरुमा विभिन्न तालिम, अन्तरक्रिया तथा छलफलका साथ वर्ष २०१९ को शाखा भ्रमण सम्पन्न गर्नु भएको छ । सिनेटर भण्डारीका क्षेत्र ‘ख’ अन्तरगत रहेका नारायणगढ जेसीज, नारायणगढ लेडी जेसीज, शारदानगर जेसीज, रत्ननगर जेसीज, सौराह, सौराह लेडी जेसीज, पर्सा खैरेनी जेसीजमा पुगेर विभिन्न तालिमहरु सञ्चालन गर्नु भएको थियो ।
    साथै २०१९ को राष्ट्रिय महाधिवेशन गर्ने शाखा रत्ननगर जेसीजमा महाधिवेशनमा केन्द्रीत छलफल गरिएको थियो । ४६ औँ राष्ट्रिय महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि आवश्यक छलफल गरिएको थियो । रत्ननगर जेसीजका अध्यक्ष सुभाष पोखरेलले निरुपित उपाध्यक्षको शाखा भम्रणमा महाधिवेशन केन्द्रीत छलफल गरिएको बताउनु भयो ।
    साथै भण्डारी पुग्नु भएका विभिन्न निरुपित शाखाहरुमा शाखाका अध्यक्षहरुले भण्डारीलाई स्वागत तथा सम्मान गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…