• कञ्चनपुर, ४ चैत 

    जातीय छुवाछूत अन्त्यका लागि होमराज आचार्य र अशोक दर्नालले कञ्चनपुरको भीमदत्तनगर बजारको मदन चोकबाट आइतबारदेखि ‘नेपाल पैदलयात्रा २०७५’ शुरु गर्नुभएको छ ।प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले पैदलयात्राका सहभागीलाई फूलमाला र खादा ओढाइ ब्यानरमा हस्ताक्षर गरेर यात्रा शुभारम्भ गर्नुभयो ।
    भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले जातीय छुवाछूत अन्त्यका लागि पैदल यात्रमामा सहभागी दुवैलाई स्वागत गर्दै व्यावहारिक रुपमा जातीय छुवाछूत अन्त्यका लागि आफूहरू पनि प्रतिबद्ध रहेको बताउनुभयो ।यात्रामा सहभागी हुने आचार्य र दर्नाललाई बाजा गाजासहित भीमदत्त नगर बजार परिक्रममा समेत गराइनाका साथै बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले स्वागत गरेका थिए ।

    सामाजिक न्यायका लागि पश्चिमको कञ्चनपुरबाट शुरु गरिएको पैदलयात्रा ४५ दिन लामो हुनेछ । एक हजार ३२१ किलोमिटर पैदलयात्रा गरी गाउँगाउँमा पुगेर विभेदबारे सचेतना फैलाउने र विभेद गरिनाको कारणबारे स्थानीय बासिन्दासँग छलफल गरिने जनाइएको छ। पदयात्राको क्रममा सामान्य नागरिकदेखि, गाउँपालिका प्रमुख, प्रशासन विद्यालय, सार्वजनिक ठाउँमा पुगेर जातीय उत्पीडनमा परेकाको कथा सुन्दै जनचेतना जगाइने पैदलयात्रीद्वयले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…