• काठमाडौँ : बिप्लव माओवादीका महासचिव नेत्रबिक्रम चन्द र अर्का बरिष्ठ नेता खड्कबहादुर बिश्वकर्मालाई सुरक्षा निकायले आफुहरुको पहुच भित्र नै रहेको दावी गरेको छ ।

    हाल सिन्धुलीमा रहनु भएका बिप्लवको गतिबिधिलाई नजिकबाट निहाली रहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफुहरुलाई प्राप्त भएको सुरक्षा उच्चस्रोतले जानकारी दिएको छ ।

    केहीदिन देखि सिन्धुलीका कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । उहांहरुको कदम अहिले सम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ ।

    प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिंन्धुलीलाई बिप्वलको गतिबिधिको बारेमा जानकारी लिइरहन निर्देशन दिएको छ ।

    सो पार्टीका प्रवक्ता समेत रहनु भएका बिश्वकर्मा अहिले दाङमा रहनु भएकाले उहांको गतिबिधिलाई समेत निगरानी गर्न समेत प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ ।

    सो पार्टीको पोलिटब्युरोको बैठक बोलाएको भएपनि नेताहरु जम्मा हुन नसकेपछि बैठक समेत बस्न नसकेको निष्कर्ष सुरक्षा निकायले दावी गरेको छ । एक सुरक्षा अधिकारीले भने अन्य नेताहरुको बारेमा पनि हामी अपडेटमा नै छौं । उनीहरुले हिंसात्मक हर्कत गरे भने हामीले पनि छुट्टै रणनीति बनाएका छौ भन्दै ती सुरक्षा अधिकारीले कस्तो रणनीति भन्ने बारेमा खुलाउन चाहेनन ।

    यता नेकपा माओवादी बिप्वल समुहमाथि प्रतिवन्ध लगाएपछि सरकारले उसका बिभिन्न तहका ८४ जना नेता तथा कार्यकर्ता लाई पक्राउ गरेको छ ।

    देशका बिभिन्न भागबाट उक्त पार्टीका नेता तथा कार्यकर्ता पक्राउ गरी राज्य बिरुद्धको अपराधमा कारवाही गर्ने तयारी गरेको बताइए छ ।

    बिषेश गरी रुकुम रोल्पा लगायतका क्षेत्रमा हतियार सहित आफ्ना कार्यकर्तालाई तालिम दिन थालेपछि सरकारले उनीहरुको सबै गतिबिधिलाई नियाल्दै सुरक्षा फौजलाई परिचालन गरेको छ । बिप्लव माओवादीको प्रभावित क्षेत्रमा रहेका सुरक्षा निकायका इकाइमा थप जनशक्ति पठाउने काम समेत सरकारले गरेको छ । नेपाल समाचार पत्रबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…