• काठमाडौँ। दुई तिहाईको मतको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेसम्मकै असफल अर्थमन्त्रीका रुपमा आफ्नो नाम लेखाउने पक्का भएको छ ।

    खतिवडाकै कारण मुलुक टाट पर्ने देखिएको छ । अहिले न लक्ष्य अनुसार राजश्व संकलन भएको छ, न राज्यको ढुकुटी खर्च भएको छ ।

    सरकारले आफ्नो लक्ष्य अनुरुपको राजश्व संकलन गर्न नसक्ने देखिएके छ । चालु वर्षमा १३ लाख १५ अर्ब १६ करोड १७ लाख रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य सरकारको थियो ।

    सरकारको नीतिका कारण वैदेशिक लगानी घटेको र रेमिट्यान्सबाट मात्र मुलुक धानिएको अवस्था छ । सरकार वैदेशिक लगानी सम्मेलनमा जुटिरहेको छ ।

    तर, अर्थमन्त्रीको कार्यशैली र नीतिका कारण आशा गरे अनुसार लगानी भित्रिने अवस्था देखिन्न । बजार भाउको अनियन्त्रण घरजग्गा कारोबारमा मन्दी शेयरबजार ओरालो लागेको छ ।

    राजश्व संकलनमा कमी र वैदेशिक सहायतामा पनि कमी आउन थालेपछि मुलुक टाट पर्ने दिशामा अगाडि बढेको अर्थ मामलाका जानकार बताउँछन् ।

    विकास खर्च पनि एक तिहाई समेत हुन सकेको छैन । खर्च गर्न नसकेर विकास आयोजनाहरूले समेत गति लिन सकेका छैंनन ।

    अर्थमन्त्री कै कारण मुलुकको सम्वृद्धि धरापमा परेको र प्रधानमन्त्री ओलीको सपना–सपनामात्रै बन्ने अर्थ मन्त्रालयका एक अधिकारीले बताए । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…