• काठमाडौं । लामो विवाद पछि नेपाली कांग्रेसको अनुशासन समिति गठनमा शीर्ष तहमा सहमती जुटेको छ ।

    सहमती अनुसार समितिको संयोजक केन्द्रीय सदस्य भिष्मराज आङदाम्बेलाई बनाइएकोछ ।

    नेता अर्जुननरसिंह केसीका अनुसार हाललाई समितिको संयोजकको मात्रै टूंगो लागेको र अरु सदस्यहरु सहमतीमा टुंगाउने सहमती भएको हो ।

    यस्तै समितिले गर्ने काम कार्वाहीका विषय समेत सहमतीबाटै निर्णय लिने सहमती भएको उनले जानकारी दिए।

    केन्द्रीय समिति बैठक भने ढीलो गरि रातको ८ बजे पछि सुरु भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    सभापति शेर बहादुर देउवा निकट स्रोतका अनुसार समिति सदस्यमा किशोरसिंह राठौर र देवेन्द्रराज कंडेललाई पनि चयन गरिएको छ I

    बरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताले थप अन्य दुई सदस्यको नाम मंगलवार दिने देउवा निकट एक केन्द्रीय सदस्यले बताए ।

    महासमितिको वैठकको भावना विपरित निर्णय गरेकोमा केहि नेताहरुले फरक मत राखेयता विवादका कारण कांग्रेस केन्द्रीय समिति १४ फागुन यता बस्न सकेको थिएन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…