कुमार खड्का चैत ५,पथरी ।
मोरङ्गको पथरीशनिश्चरेमा पहिलो पटक मिस पथरीशनिश्चरे सुन्दरी प्रतियोगिता को दोस्रो अडिसन आज हुने भएको छ ।
प्रतियोगिताको पहिलो अडिसन गत चैत १ गते विहान ११ वजे देखी स्थानिय सिन भिलेज पार्टी प्यालेसमा भएको थियो भने दोस्रो अडिसन पनि सोही स्थानमा हुन लागेको आयोजकले जानकारी दिएको छ ।
पहिलो अडिसनमा १४ जना सुन्दरीहरुले भाग लिएको आयोजकले जानकारी दिएको छ ।
अव फेरी चाडै दोस्रो अडिसन गरेर २ वटा अडिसन वाट छनौट भएका मध्ये १५ जना सुन्दरीहरुलाई २५ दिनको वन्द प्रशिक्षण पश्चात आगामी नया वर्ष २०७६ को पहिलो सातामा ग्य्रान्ड फिनालेको आयोजना गरि ताज पहि¥याउने योजना रहेको आयोजक मध्येका सुमन कुरुङवाङले वताए ।
मिस पथरीशनिश्चरे २०१९ सिजन १ उपाधी नाम दिइएको प्रतियोगिता माउन्ट एभरेष्ट इन्टरटेनमेन्टको व्यानर र सिल्भर इन्टरटेन्मेन्ट को प्राविधिक सहयोगमा आयोजना हुन लागेको हो ।
नगरमा पहिलो पटक हुन लागेको प्रतियोगितामा बिजेतालाई मिस पथरीशनिश्चरेको ताज सहित नगद ७५ हजार रुपैँया , एउटा म्युजिक भिडियोको कन्ट्रयाक्ट र अन्य विभिन्न उपहार रहने आयोजकले बताएको छ । त्यसैगरी द्वितीय र तृतीयलाई क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले वताएको छ ।
त्यसै गरि प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयका साथै फोटोजेनिक फेस, उत्कृष्ट व्यक्तित्व , मिस क्याटवक, बेस्ट फिगर,मिस ट्यालेन्ट, पब्लिक चोइज , बेस्ट हेयर स्टायल र बेस्ट स्माइल सहितको ८ बिधामा सहभागी गराई आठै विधामा जनही ८ हजारका दरले पुरस्कृत गरिने कार्यक्रम संयोजक सन्तोष वान्तवाले वताए ।
करिव १४ लाख रुपैयाँको खर्चमा सम्पन्न गर्ने योजना रहेको प्रतियोगितामा नगरमा स्थायी बसोवास गर्दै आएका १६ बर्ष देखि २५ बर्षसम्मका कम्तिमा एस इ इ उतिर्ण युवतीहरुले सहभागिता जनाउन सक्ने भएका छन प्रतियोगिताको आवेदन फारम फर्म शुल्क ५ सय तय गरिएको छ ।