रातोकलम अनलाइन!
क्वालालम्पुर,मार्च-१९
नेत्र बिक्रम चन्द(बिप्लब) नेतृत्व नेकपाको मजदुर संगठन नेपाली जनप्रगतिशील मोर्चा मलेसियाले मोर्चामै आवद्ध एक सदस्य लाई कारबाही गरेको छ। समितिको निति बिधि र निर्णय अनुसार सचिवालय सदस्य दिलिप भट्टराई,समर्पण लाई पाटी र मोर्चाले एकैपटक कार्वाही गरेको मार्च-१९ मा जारी बिज्ञ्यप्तीमा उल्लेख छ।
केहि समय अघि देखि पार्टी र मोर्चाको गोपिनियता भंग गर्दै ,सामाजिक संजाल फेसबुकमा अराजक बिसय बस्तुहरु पोस्ट गर्दै हिडेको र निति,निर्देशन र निर्णय लाई अवज्ञा गर्दै आइरहेका कारण कारबाहीमा परेका हुन।मोर्चाले दिएको जिम्मेवारी पूरा गर्नु को सट्टा अर्थहिन बिवाद अनावश्यक बिषयमा जिकीर गर्ने सगठन र पार्टीको निति बिधि मर्यादा र नेतृत्वको बिधिवत अाग्रहलाई अस्वीकार गर्ने मोर्चाले बारम्बार खबरदारी गर्दा समेत बेवास्ता गरेको कारण कारबाहीको भागिदार भएका हुन।
संगठन सचीवालय सदस्यको जिम्मेवारीमा रहेका भट्टराई लाई नेपाली जनप्रगतिशील मोर्चा मलेसियाले पाटी र मोर्चाको बिधि र नियम अनुरुप पार्टी र संगठनको दुबैको जिम्मेवारी र साधरण सदस्य समेत नरहने गरि निष्कासन गरिएको नेपाली नजप्रगतिशिल मोर्चाका अध्यक्ष बिजय लामाले मौखिक जानकारी समेत दिएका छन। भने संगठनको निति बिधान र अनुशासन पद्धति साथै बिधिवत निर्देशन र सुझाव लाई समेत उलंघन गरि अाफु खुसि ब्यक्तिगत कुरा लाई लिएर संगठनमा अराजकता सिर्जना गर्ने,सहमति सहकार्य र सम्झौताको प्रतिबाद गर्दै आइरहेको कारण उनलाइ कारबाही गरिएको संगठनका सन्चार बिभाग प्रमुख सन्तोष योन्जनले जानकारी दिएका छन।