बाहुनडाँगी । प्रस्तावित धनकुटा लेडी जेसीजको आयोजनामा २ दिने स्वास्थ्य परिक्षण, खाद्य पोषण तथा प्रशोधन तालिम सम्पन्न भएको छ ।
धनकुटा नगरपालिका वडा नम्बर ६ को सहयोगमा सम्पन्न तालिममा नेपाल प्रहरीका खाद्य प्राविधिक टंक भट्टराई र तुलसा दाहालले सहजीकरण गर्नु भएको थियो । शाखाकी कार्यकारीणी उपाध्यक्ष विशिका श्रेष्ठको संयोजनमा भएको तालिममा सहभागिलाई विभिन्न खाद्य परिकार बनाउन सिकाइएको थियो । सहभागिहरुले तालिमबाट धेरै सामाग्रीहरु निर्माण गर्न सक्क्षम भएको बताए ।
उनीहरुले जेसीजबाट भएको तालिम प्रभावकारी र जीवन उपयोगी बनेको बताए । शाखाकी संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठको अध्यक्षता तथा धनकुटा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
स्मरण रहोस् यो शाखाले वर्ष २०१९ यता आधा दर्जन भन्दा धेरै कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । ४ दिन अघि मात्र पर्यटन प्रर्वधन गर्ने उदेश्यका साथ पैदल यात्राको आयोजना गरेको थियो ।