• पोखरा, नेपाली काङ्ग्रेसका जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्य समितिको तेस्रो राष्ट्रिय सम्मेलन यही चैतको अन्तिम साता पोखरामा हुने भएको छ ।

    सम्मेलनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले पार्टीको आर्थिक स्रोतलाई सुदृढ, समृद्ध, पारदर्शी, जवाफदेही एवं पार्टीलाई नवजीवन दिन सम्मेलनले योगदान दिने बताउनुभयो ।

    सम्मेलनले पार्टीको गुट उपगुट अन्त्य गरी एक भएर अघि बढ्न सुझाव दिने तथा सदस्यता वितरण तल्लो तहदेखि सिफारिसका आधारमा पारदर्शी र वैज्ञानिक तवरले वितरण गर्न सहयोग पु¥याउने उहाँले बताउनुभयो ।कार्यसमितिका महासचिव लक्ष्मी पाण्डेले सम्मेलनले विदेश पलायन युवालाई स्वदेशमा नै रोजगार व्यवस्था गर्न पार्टीमार्फत सरकारलाई दबाब दिने बताउनुभयो । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने जनाइएको छ ।---

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…