• कुमार खड्का चैत ६,पथरी
    नेपाल प्रहरीले होलीका समय हुने अमर्या्दित र उछृङखल गतिविधि रोक्न बिशेष योजना लागु गरे सगै ईलाका प्रहरी कार्यालय पथरीले सुरक्षा योजना तयार पारेको छ ।
    पथरीशनिश्चरे नगरपालिका सहित ईलाका प्रहरीको कार्यक्षेत्रमा बिगतको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा योजना तयार पारिएको प्रहरीले जनाएको छ ।
    होलीको बहानामा हुने अमर्या्दित र अवान्छनीय गतिविधि रोक्न जनचेतनामुलक कार्यक्रमलाई पनि अघि वढाउनुका साथै प्रहरीले दुर्घटना न्युनिकरणका लागि थप अभियान चलाएको ईलाका प्रहरी कार्यलय पथरीका प्रमुख कमल वजगाईले वताए ।
    ईलका प्रहरी प्रमुख वजगाईका अनुसार होलीका क्रममा हुने झै झगडा, मादक पदार्थ सेवन नियन्त्रणका लागि प्रहरीले सुरक्षा योजना तयार पारेको हो । सुरक्षा ब्यबस्थापनमा आएको कडाईसँगै केही वर्षयता भने वजार क्षेत्र लगाएत ग्रामिण स्थानमा होली केहि संयम बन्दै गएको छ ।
    यसवर्ष पनि मुख्य रुपमा सडक र बजार क्षेत्रमा होलीलाई व्यवस्थित र मर्या्दित बनाउन ईलाकाको योजना केन्द्रित हुने वजगाईले वताए ।
    होलीका समय अमर्या्दित क्रियाकलाप भए कानुन बमोजिम कारबाहिको दायरामा ल्याईने उनको भनाई रहेको छ । यसअघिका होलीमा भएका घटनाबाट पाठ सिक्दै प्रहरीले सोही अनुसारको सर्तकता अपनाएको उनले बताए ।
    होलीको सास्कृतिक र धार्मिक महत्वलाई आधार मान्दै सभ्य र शिष्ट रुपमा प्रस्तुत हुन पनि प्रहरीले अनुरोध गरेको छ । तराई क्षेत्रमा भोली होली पर्व मनाईदै छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…