• काभ्रेपलाञ्चोक। काभ्रेमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्तामाथि कार्वाही गरेको छ। सरकारी प्रतिवन्धसँगै आक्रामक भएको प्रहरी प्रशासनले काभ्रेमा कार्वाही गरेको हो।

    नेकपाका हतियारधारी समहू रहेको जानकारीका आधारमा गएको महानगरीय प्रहरी अपराध महाशाखा टोली रोशी गाउँपालिकाको आसपास पुगेको जानकारी पाए लगत्तै प्रहरीमाथि आक्रमण भएको प्रहरी दावी छ। प्रहरीले आफ्नोतर्फबाट जवाफी फायरिङ गरेको दावी गरेको छ।

    महाशाखाका एसपी सोमेन्द्र राठौर र डिएसपी रुगम कुँवर नेतृत्वको टोली त्यहाँ पुगेको थियो। महाशाखाका एसपी केदार ढकालले घटनाबारे पूरै विवरण आइनसकेको तथा घटनामा प्रहरीतर्फ कुनै क्षति नभएको बताए ।

    प्रहरीले विप्लव नेतृत्वका दुई कार्यकर्ता पक्राउ गरेको दाबी गरेको छ। पक्राउ पर्नेहरु बम विज्ञ रहेको जनाइएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…