• काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले होलीको अवसरमा सुखद सन्देश दिने गरी पार्टीले विभिन्न समितिमा निर्णय गरेको बताएका छन् ।

    उनले पार्टीभित्र नेताहरुबीच कुनै आपस असमझदारी नभएको भनेर सन्देश दिनुभन्दा पनि अहिले उठेका विषयमा सौहार्दपूर्ण तरिकाले समाधान गर्न सकिएको स्पष्ट पारे ।

    नेपाली काँग्रेसको विधान परिमार्जित कानुनअनुसार बनिरहेकाले गर्दा पनि केन्द्रीय कार्यसमितिमा यसका बारेमा गम्भीर रुपले छलफल भइरहेको पनि प्रवक्ता शर्माले बताएका छन् ।

    मंगलबार निर्वाचन समिति, विनियमावली मस्यौदा समिति, अनुशासन समिति सोही अनुसार सर्वसम्मत निर्माण भएको भन्दै उनले स्थानीयतहदेखि नै काँग्रेसलाई तरंगित गर्ने प्रयास भएको बताए ।

    उनले केन्द्रीय नेताहरु स्थानीयतहदेखि निर्वाचित भएर आउने वा स्वतः महासमिति सदस्य हुन पाउने व्यवस्थाबारे निर्णयको पहल भइरहेको बताए । के के निर्णय गर्यो कांग्रेसले ? कुन समितिमा को को भए सर्वसम्मत ?

    काँग्रेसले वर्तमानमा सरकारले गरेका निर्णयको सूक्ष्म अध्ययन गरिरहेको भन्दै सोही अनुसार चल्न सरकारसंग चल्न पनि माग गरेको उनले बताए ।

    उनले भने, ‘सिके राउत पक्ष मुलधारको राजनीतिमा आउनु राम्रो हो । तर जसरी ११ बुँदे सहमतिमा भाषाको समस्या भयो त्यो स्पष्ट पारिनु पर्छ भन्नेमा हौं । त्यसैगरी विप्लव समूहलाई पनि प्रतिबन्ध लगाएर समाधान भन्दा वार्ताबाटै समाधानबाट खोज्न माग गरेका छौं ।’

    एउटै दर्शन बोेकेका दुई कम्युनिष्टहरु आपसमा लड्नुभन्दा पनि वार्ता गरी समाधानमा लाग्नुपर्नेमा आफूहरुको जोड रहेको पनि उनले स्पष्ट पारे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…