चैत ६,पथरी ।
“किरात राई खेलकुद संघ मोरङ” को आयोजनामा गत फागुन ३० गते सम्पन्न भएको जिल्ला क्याम्पस स्तरिय महिला भलिवल प्रतियोगिताको हिसाव सार्वजनिक भएको छ ।
आयोजकले नियम र स्तर विपरित खेल सञ्चालन गरि संघ सस्था र व्याक्ति बाट उठाएको हिसावको खर्च विवरण मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।
प्रतियोगितामा ८३ हजार ७ सय खर्च भएको र विभिन्न संघ सस्था र व्यक्तिवाट ६९ हजार रुपैया संकलन गरेको समेत आयोजकले जनाएको छ ।जिल्लाका ६ वटा क्याम्पस समावेश हुने भनेर गत फागुन २६ गतेको पत्रकार सम्मेलनमा राईको नेतृत्वमा भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको भतापनि विप्लव समुहको वन्दका कारण उर्लावारी वहुमुखी क्याम्पस र पथरी वहुमुखी क्याम्पस मात्र समावेस भएको भन्दै आयोजकले प्रतियोगीतामा पथरीकै २ वटा विध्यालयलाई सहभागि गराई प्रतियोगिता सञ्चालन गरेको थियो ।
सोही विषयलाई लिएर नियम र स्तर विपरित खेल सञ्चालन भयो भनि प्रकाशित भएको समाचारको खण्डन गर्दै “किरात राई खेलकुद संघ मोरङ” की अध्यक्ष निता कुलुङ राईले सामाजिक संजालमा पत्रकार र मिडिया लाई लक्षित गरि अर्नगल भाषाको प्रयोग गर्दै आक्रोश पोखेकी छिन् ।
अध्यक्ष राईले रातोकलम डटकम मा प्रकाशित भएको समाचारमा रहेको “किरात राई खेलकुद संघ मोरङ” को आयोजनामा सम्पन्न भएको जिल्ला क्याम्पस स्तरिय महिला भलिवल प्रतियोगिता मा आयोजकले नियम र स्तर विपरित खेल सञ्चालन गरि संघ सस्थालाई ठगी रहेको” भनि प्रकाशित भएको समाचारलाई आयोजकले मोडेर आफै आर्थिकमा जोड्दै आक्रोश पोखेको छ ।
भलिवलका नाममा प्रकाशित समाचार सत्य नभएको संघका सचिव सन्तोष राईले बताए ।
पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष राईले आफु पथरी वहुमुखी क्याम्पसको स्ववियु उपसभापति समेत भएकोले केही पत्रकारले राजनीतिक प्रतिशोध साध्न आफुविरुद्ध निरन्तर कपोकल्पित समाचार प्रकाशित गरेको वताईन् ।
अनलाइन मिडियाको दुरुपयोग गरी आफु विरुद्ध समाचार प्रकाशित गरेको र ती प्रकाशित समाचारले मानसिक तनाव भोग्नु परेको राईको भनाइ थियो ।
मोरङको पथरीशनिश्चरेलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने ३ जना पत्रकारलाई आफुलाई विद्यार्थी नेत्री मान्ने निता कुलुङ (राईले) अर्नगल भाषाको प्रयोग गरेकी छन् ।
उनले सामाजिक सञ्जालको माध्यमबाट ३ जना पत्रकारलाई चुनौती नै दिएकी छिन् ।
राईले आफ्नो फेसबुक वालमा “पथरीका ३ पत्रकारका नाममा” भनेर ५ अनुछेद लामो स्टाटस पोस्ट गरेकी छन् । उनले ३ जना पत्रकारहरुको नामभने उल्लेख गरेकी छैनन् ।
सो स्टाटसमा आफु विद्यार्थी नेता पथरी बहुमुखी क्याम्पसको स्ववियु उपसभापति भएको, राजनीतिक धरातलमा नेकपाको राजनीति गर्ने मान्छे भएको जस्ता कुराहरु उल्लेख गरेकी छन् ।