• काठमाडौं, ६ चैत । नेत्रविक्रम चन्द विप्लव समूहका चार जना कमाण्डरलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा विप्लव समूहसँग गोली हानाहान भएपछि सर्च अभियानको क्रममा चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरुको परिचय गोप्य राखेको छ । उनीहरुलाई काठमाडौं ल्याइसकिएको छ । प्रहरीका अनुसार उनीहरु कोही पनि घाइते छैनन् ।

    विप्लव समूहले माओवादी जनयुद्धमा जस्तै सिंगो नेपाललाई पूर्वी कमाण्ड, मध्य कमाण्ड र पश्चिम कमाण्ड भनेर विभाजन गर्दै नेता कार्यकर्ताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । काभ्रेबाट पक्राउ परेकाहरु मध्य कमाण्डका कमाण्डरहरु रहेको प्रहरीको दाबी छ । मंगलबार राति काभ्रेमा प्रहरी र विप्लव समूहबीच दोहोरो फायरिङ भएको थियो ।

     

    महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको प्रहरी टोली काभ्रेमा थियो । विप्लव समूहका नेता कार्यकर्ता रहेको सूचना पाएपछि प्रहरी परिचालित भएको थियो । उनीहरुलाई फलो गर्ने क्रममा प्रहरीमाथि गोली चलाएपछि दोहोरो फायरिङ भएको प्रहरी पक्षको भनाइ छ ।

    काभ्रे घटनाबारे विप्लव समूहबाट भने अहिलेसम्म कुनै धारणा बाहिर आएको छैन । यसअघि फागुन २८ मा बसेको मन्त्रिपरिषदको बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता नेपाल प्रहरीले विप्लव समूहका नेता कार्यकर्तालाई जहाँ भट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…