ठगेन्द्र प्र. न्यौपाने
विशेषतह पश्चिमी मानव सभ्यताको आधुनिकताको विकास राजनैतिक परिवर्तन र स्वतन्त्रताको स्वाद नचाख्दै पाइ सकेको थियो।अथवा निरंकुश राज्य व्यवस्था रहदै तिनले उपनिवेसको नाममा संसारभरका स्रोत र साधनमाथी आधिपत्य जमाउदै अरुका सभ्यतामाथीपनी सुक्ष्म अध्ययन गरि त्यसभित्रका सकारात्मक पक्षहरुलाउ विभिन्न शुत्र र संरचनाको प्रयोगमा आधुनिकता दिएको हामीले अध्ययन गर्न सक्छौ।संक्षेपमा तिनले हतियारको आधारमा कुटनितीक तवरमा आफुलाइ अव्वल वनाएर अहिलेको विश्वमा फेरी वहुरास्ट्रिय कम्पनीको नाममा हाम्रै पुर्विय दर्सन र साहित्यलाइ व्रान्ड वनाएर वेचिरहेका छन।
हामीले शव्दको विकास गर्यौ,ज्वतिस विज्ञान वनायौ यावत विसय वनाउदै एउटा मानव समाजलाइ व्यवस्थित दिसामा लैजाने प्रयास आदिम युगमा पुर्विय सभ्यतामा भएको थियो भन्ने जैन,सांख्य र वैदिक दर्सनहरुमा लिपीवद्ध गरिएको छ।सिमीत धर्मको नाममा समाजलाई जात र लिंगमा विभेद गर्न चाहने केही मुठ्ठीभरका सामन्त र धर्मप्रचारकहरुको निर्मम प्रहारमा हाम्रा सभ्यता र संस्कृति परिरहदा।अनि त्यसैको आडमा राज्यसत्ता चलिरहदा आधुनिकतामा हाम्रा समाजहरु पाखण्डी र पश्चिमी समाजहरु वौद्धीक कहलिए।अनि यहि भ्रममा आजका हाम्रा समाजहरु परिरहे।हाम्रा पुर्खाहरुले नाटक र काव्य लेखिरहदा अनि साहित्य र संगितका रसहरु वनाइरहदा पस्चिमाहरु जंगलमा वस्थेभन्ने अव एकादेशको कथा झै लाग्न थालेको छ।
निरंकुसता र त्यसको आडमाहुने सत्ताको रक्तरन्जित कलहले हाम्रो शिक्षालाइ पिपलको वोटमुनी गुरुवसेर चेलाहरु घुडाटेकेर वस्ने करिव ३ हजारवर्स निरन्तरता पायो।धर्मको नाममा त्यहा विस्तारों जात मिसाइयो,लिंग मिसाइयो र वैदिक सभ्यता सिमीत तोकिएको जात र कुललेमात्र अध्ययन गर्न हुने भ्रम फैलाइयो।करिव २० औ सताव्दिको मध्यतिर विश्व राजनिती निती र सिद्धान्तमा देखावटी चल्न थालेपछी वल्ल हाम्रा शासकले केही छोरा र भतिजाहरु पढ्न स्कुल र कलेजहरु स्थापना गर्दै गए।०७ सालको प्रजातन्त्रले टेक्न नपाउदै १७ सालमा फेरी निंरकुसता लादिएपछी।त्यसैलाइ टिकाउन देशभर विधालयहरु खुल्ने क्रम शुरु भयो।स्थानिय समाजसेवीहरु त्यसमा राम्रो साथ दिए जस्ले एकैचोटी देशभर स्कुलहरु खुल्नेक्रम सुरुभयो।त्यसैमा साथ दिए तत्कालिन राजघाट नगरपन्चायत ६ निवासी स्व. वलराम न्यौपानेले जस्को एउटा साहसले स्थापित भयो २०२३ सालमा महेन्द्र प्राथमिक विधालय राजधाट -६ मा।स्व. वलराम न्यौपानेको उक्त कार्यले धेरै महरु शिक्षीत भयौ र योसमाजमा उभिन सकेगा छौ।५२ वर्सपछी उनको त्यो साहसको सम्मान गर्न सायद मेरो शव्दकोसहरु कमै हुनसक्छ।फेरीपनी हार्दिक सम्मान र श्रद्धान्जली अर्पण गर्दछु।
समयको विकास क्रम संगै २०३२सालमा निमावी ३८ मा माध्यमिक हुदै अगि वड्ने क्रम जारी छ।४८ को राजनैतिक परिवर्तन र त्यसले निर्माण गरेको राजनितीक समिकरण,केन्द्र र स्थानिय सत्ता नमिल्दा अनि विधालय प्रसासन राजनितीको शिकार वनेर उत्रदा केही वर्सहरु निरासाजन अवस्था रहेतापनि।विस्तारै मावी दरवन्दी अनुसार शिक्षक नियुक्त हुदैजानु र प्रअको रुपमा श्री ज्ञानेन्द्र भट्टराई जस्तो अनुशासित शिक्षक पाउनु विस्तारै विधालयले व्यवसायिकता पाउदै गयो।नतिजा झट्ट छिट्टै खोज्ने समाजले तत्त अनुसार नपाएपनी ज्ञानेद्र सरले ज़िम्मा लिदाको विधालय र छोड्दाको विधालय हामीसवैले अनुभव मात्र गर्न सक्छौ।अहिलेको निजीकरणले ग्रस्त शिक्षा क्षेत्रमा तिनै निजी क्षेत्रहरसंग प्रतिस्पर्धी विधालय भन्दा खासै कसैले चिंत्त दुखाउन नपर्ला।फेरीपनी अगाध सम्मान छ ज्ञानेद्र सरप्रती।५८ सालको सुस्त मनस्थिती विधालयको रुपमा स्थापित सरकारी मान्यता र त्यस्का व्यवस्थित कक्षा संचालन गर्ने आदरणिय गुरु खगेन्द्र अधिकारलाइ विर्सन सकिन कुनैदिन सुस्थमनस्थितीको कुनै पुरानो शिक्षकसंग राजधानिमा संवाद गर्दा उनले आधाचै ईसारा गर्ने गरेको अथवा त्यसैमा अभ्यस्त भएर राम्रो संवाद हुनसकेन भनेर अन्त्यमा क्षमा माग्दा खगेन्द्र सर सम्झेर रोएको थिए।उस्ले १४ वर्स त्यो पेशा गरेको वताएका थिए त्यतीवेला मैले स्कुल सकेको ४ वर्स खगेन्द्र सरले त्यो क्लास सुरुगर्नुभएको ८ वर्स भैसकेको थियो।कति जिवन जिवन वन्धक राख्नुपर्ने रहेछ शिक्षण पेसामा वास्तवमा मैले अनुभु गरेको दिन थियो त्यो।धेरै लेख्दा विसय मोडिन सक्छ सवै आदरणिय गुरुहरुप्रती सम्मान छ।तपाइहरुकै सिकाईको आधारमा उभिएर हिड्दा कसैले हेप्न सक्दैनन।
नयाँ शैक्षिक प्रणाली अनुसारको पाठ्यक्रम आएसंगै विस्तारै विधालयको नतिजा उठ्न थाल्यो।व्यक्तिगत नजिजा तलमाथी भएपनी सायदै पहिलो व्याज २०५९ अथवा हाम्रै व्याज हो जस्ले विधालयलाइ संस्थागत रुपमा मोरंगजिल्लाको प्रथम वनायो त्यसपछी विधालय फर्केर हेर्न परेको छैन।६६ सालमा गाँउमा विज्ञान विसयको अध्यापन गराउनेसंगै +२ को मान्यता दिलाउने जुन प्रयास भयो यस्ले अझै विधालयलाई स्थापित गर्न सहयोग गर्यो।त्यसक्रममा ज्ञानेन्द्र सरले गर्नुभएको प्रयास र मेहनत मैले धेरै घन्टा उहावाटै सुनेकोछु।त्यसैले विधालयको यो अवस्थामा उहालाई एक सेकेण्ड भुल्न सक्तिन।विस्तारै देशभर सामुदायिक विधालयको स्तर खस्की रहदा सवै शिक्षकले गर्नुभएको अथाहा मेहनतले आज विधालय राजधानीका निजी विधालय जस्तै आफ्नै स्कुल वस संन्चालनको तयारीमा जुटेको सुन्दा साच्चै हर्सलागेको छ।
राजनितीले विधालय सक्यो भनिरहदा अनि सरकारी विधालयको नतिजा भन्दै सहरवजारमा खिसीटिउरी गर्दा धेरैपटक मेरो विधालयको नतिजा हेर्नुस भनेर धाक लगाएको छु।मैलेपनी केही थाहै नपाइलुटेकोछु तपाइहरुको मेहनतको फल।विधालय व्यवस्थापनको राजनितीक माहोल अनि त्यसमा हुने अनेकन गडवडी सहजै व्यवस्थापन गर्ने विधालयको प्रसासनको सफलता अर्को मानिसलाइ सिकाउने पाठ हो।विधालय आफैमा एउटा समाजको अत्यावश्यक अंग हो।आज समाज विभाजित हुदाँ अनि योनिती र त्योनिती भन्दै शिक्षकहरु वाझिरहदा त्यसको प्रभाव पर्नेभो त्यो स्वभाविकपनीछ।
आजको नेपाली समाजको एउटा कारुणिक चित्र हो सरकारी विधालयको विधार्थीले प्राइवेटस्कुलको गाडीको वच्चाहरु खेलेको देखाइएको चित्र।समाज विकासको क्रम निरन्तर छ यो कसैको वसले छिनभरमा रोकिने सवालै भएन।मेरो वाहरुको पुस्ताले अम्लाले धुलोमा लेखेर कखरा सिक्यो।मेरो दाइहरुको पुस्ता जांगे र ख़ाली खुट्टा एसएलसी पास गरेको सगौरव वताउछ।अनि महरु २० रुपैयाको हवाइछाप चप्पल र हातमा च्यापेको क़िताव वोकेर।अव अहिलेको पुस्ता छालाको जु्त्ता र व्यागमा पुस्तक।नया निस्केको पुस्ता कसरी निस्कन्छ मैले हवाइ चप्पल लगाए भनेर रिस गरेर होस न दापुस्ताले ख़ाली खुट्टा जांगेको र वाको धुलोमा लेख्ने योत समयक्रमको विकास हो।जस्लाई जे आउछ त्यसैमा रमाउने हो।तसर्थ सरकारी स्कुलमा विधार्थी वोक्ने गाडीलाइ फेसनको रुपमा नलिऔ।आजको युगमा यो अनिवार्य भैसकेकोछ त्यसमाथी आजत मन्टेस्वरी प्रविधी र जुजुभाइको वालमनोविज्ञानलाइ आधार मानिन्छ।
विधालय समुदायमा हस्तान्तरण गर्ने सरकारी योजना ७२ को संविधान र त्यसले निर्माण गरेको स्थानिय संरचना अन्तर्गत।स्थानिय निकायको काम कर्तव्य र अघिकार भित्र हिजोका सरकारी विधालयहरु पर्छन।अव यि समुदायको हातमा आइसके मेरो समुदायको विधालयको स्तर माथी उठेगा मेरो स्तर स्वभाविक माथी उठ्छ।फेरी राजनितीको नाममा विधालय ध्वस्त भयो भन्ने वौदिक जमात लाजै नमानी विधालयको शिक्षक फलानो दलको नेता।म अर्को दलको कार्यकर्ता यस्तै भासाहरु गाँउसहर सुनिन्छ।अनि अनावश्यक राजनितीक वहस र अव केहुन्छको नौटंकी त्यै शिक्षकसंग गर्छन।मित्रहरु शिक्षकसंग राजनैतिक संवाद नगरौ जवरजस्त नेता नवनाउ कहाँवाट शिक्षकले राजनिती गर्छ?शिक्षक नेताहुन मअनी मेरो भुमिका छ वा छैन एकछिन सोचौत।विधालयले कुनै शैक्षिक गुणस्तर वा विधालयको स्तरउन्नतीको योजना ल्याएमा त्यो विधालयको प्रअ सफल हु्नछ अनि मेयरमा उठ्छ यस्तो मनोविज्ञान नपालौ।यो आफैमा समाजविज्ञानलाइ रोक्ने विसय भएन र।
माथी मैले लेखिसके आजको दिनमा सामुदायिक विधालयका विधारर्थीले मनोवैज्ञानिक रुपमा प्राइवेट जस्तै हो मेरो विधालय भन्ने आधार निर्माण गर्न यो विधालय स्कुलवस महाअभियानले सकारात्मक असर गर्नेछ।यसप्रती सकारात्मक सोचौ गाँउको विधालय प्राविधाक रुपमा सन्चालित छ।राम्रो नतिजा ल्याएर पुर्वमै प्रावीधीक,+२साइन्स मेनेजमेन्ट र सुस्त मनस्थिती कक्षा सन्चालित छ।यस्मा नयाँ पुराना सवै शिक्षकको भुमिका छैन अनि तपाइ र म भएको समाजकोपनी। श्री म.उ.मा.वी यस्तो विरलै विधालय होला जस्को आफ्नो कुनै आयश्रोतको रुपमा जग्गा वा सटर छैन।फेरी वारम्वार हामीसंग हातजोडेकोपनी छैन शिक्षकको वसवुताले मेहनत गरेर सरकारको विशेस अनुदानवाटै संन्चालीत छ।पक्कै आजपनि पुरा दरवन्दी शिक्षक नहोला प्रावीको दरवन्दीले मावीमा हाक्नुपरेको होला अव सामुदायिक विधालय भैसकेपछी यस्ता विसयपनी समाजको महरुले वुझ्न पर्ला।६६ मा विधालयले +२ वनाउदा सार्वजनिक सहयोगको अपिल गर्यो त्यो वाघ्यताथियो।विज्ञानको कक्षा सन्चालन गर्न त्यै मुताविक प्राक्टिकल र ल्यावहरुको व्यवस्था आवश्यक थियो।
तैपनी सहयोग गर्नुस भन्दा मानिसले नकारात्मक कुरा गर्छन सवै व्यवस्था सरकारी तवरले गर्न सकिएन भनेर ज्ञानेन्द्र सरले व्यक्त गरेको भाव र त्यो शव्दहरुको कारुणिकता शव्दले लेखिदैन।७२ सालमा प्रावीधीक विधालय सन्चालन गर्न सहयोग गर्ने भन्दै पुर्व विधार्थीको एउटा टिम राम्ररी लागेको थियो।खै कता हरायो त्यो सरकारले अनुदान दिएसंगै त्यस्लेपनी आफ्नो काम छोड्यो।एउटा मासको सेन्टिमेन्टलाइ क्यास गरेर समाजसेवी वन्ने सपना नदेखौ साथिहरु।सस्था विघान दर्ता सामान्य प्रक्रिया हो तर निरन्तरता जटिल हुन्छ सकेसम्म त्यो अभियान र त्यसका आयोजकहरुले यथासक्य केकसो हो जानकारी गराउनुहोला।पुर्व विधार्थी संगको नाममा खुलेको र जिप्रकामा दर्ता भएको संगठनप्रता विधालय प्रसासन त्यती जानकार रहदैन कानुनी रुपमा माथिल्लो निकायमा दर्ता भएको सस्थाको वारेमा तल्लो निकायमाथी प्रस्न गर्न वा जवाफदेहीता खोज्न मिल्दैन।यो विसयलाइ सम्वन्धीत समाजले वुझिदिनु होला र त्यो अभियानको पैसा यो वस अभियानमा हालकिन गरिवसंग पैसा माग्छस नभन्नु होला।प्राविधिक विधालय अभियानका पुर्व विधार्थी साथिहरुलाइ लाग्न सक्छ यस्ले पैसापनि हामिलाइ दिएन फेरी किन प्रश्न गरिरहेकोछ?विधालयको संस्थागत अहिलेको अभियानमा त्यससम्वन्धी प्रस्न उठेको र भोलि कसैले पुर्व विधार्थीको नाममा गतिविधि गर्न चाहेमा त्यस अभियानले नराम्रो असर पर्ने हुनाले।कसैलाइ नेताहुन वा क्षणिक सेलिब्रेटी वन्न विधालय र विधालयसंग सम्वन्धीत दिर्घकालीन असर पर्ने कार्य संविधान ,प्रचलित कानुनको अघिन र समाजको एकतालाइ ख़्याल गरेर गराउन मात्र ध्यानआकर्सण गर्न चाहेको।
अन्त्यमा विधालय आफैमा एउटा समाजको नक्सा वनाउने स्थान हो।सामुदायिक विधालयमा हाम्रो श्री महेन्द्र उच्चमावी पुर्व क्षेत्रकै नमुना विधालयको रुपमा स्थापित हुदै गएको।यस्का आयका स्रोतहरु अत्यन्तै सिमीत रहेको।आज सहर वजारका सरकारी कार्यलयमा भ्रस्टचारको कारण सेवाग्राही आवश्यक सरकारी भासा नजानेको कारण प्राइवेटको शिक्षा घोकन्तेले नागरिकताको अनुसूचि भर्न नजानेर कलम मुखमा टेकेर वस्दा दलालको हात हुदै घूसख़ोरी वडेको प्रती।अव सचेतता समाजले जनाउन आवश्यक छ ।मेरो वच्चाले सर्टिफ़िकेट मात्र थुपार्छकी केही सिकेको छ भन्ने खोजौ अभिभावकहरु।कुनै निजी विधालयको विरोध गरेको हैन वास्तविकता ओकलेको म आफैले मेरो विधालयको पुर्व विधार्था र सेन्जिभियर्सको पुर्व विधार्थीसंग वेलायती नागरिकको संवाद गराएको छु।
आधुनिकताको क्रम संगै विधालय प्रसासनले स्कुलवस अभियान जसरी सन्चालन गरेको छ।यस प्रती हामीले सकारात्मकता जनाउन आवश्यक छ।हामीले वुझेको विधालय शिक्षकको मात्र हैन शिक्षक आफै आजको प्रतिस्पर्धी समाजमा टिक्न नसकेर साइडमा व्यवसाय वा सहकारी केर्मा वन्नु परेकोछ।संसारको कुनैदेश होला जहा सरकारी कर्मचारी वा शिक्षक आफ्नो पेसाले समाजको प्रतिस्पर्धी नभएर अर्को पेसा अंगालोस।यो वाघ्यता हैन?सरकारी कर्मचारित दैनिक सेवाग्रहीसंग अनेक वहानामा पैसा असुल्ने र जिविकोपार्जन गर्छ।शिक्षकसंग केत्यस्तो क्षेत्र छ जस्ले करोडौ असुलोस।अनि किन महरु वारम्वार शिक्षकमाथी प्रहार गरेर यस्ता अभियान प्रती नकारात्मकता फैलाउछौ।स्पस्ट प्र.अ चिरन्जिवी निरौलाले कसैको दैनिक जिवनमा असर नपर्ने गरि सहयोग गर्नुस भनेको सर्वविविदै छ।अन्त्यमा सामुदायिक विधालय आजसम्म जसरी चलेपनी अव समुदायमा आइसकेको छ।
जतिसुकै समाजको धमास लगाएपनी र वौधिकताको कुरा गरेपनी।अथवा यस्ता ठगेन्द्र प्र.न्यौपानेले २० वटा लेख लेखेपनी ,जनप्रतिनीधाले सकारात्मक कुरा गरेपनी वा महामहिम रास्ट्रपतीले हाम्रो पारिवारिक सम्वन्ध छ भनेपनी यो महेन्द्र उमावीमा स्व. वलराम न्यौपानेको साहसिकताको अगि सवै छाँयामा पर्छ यो समाज मनोविज्ञान हो कसैले काट्न सक्दैन।त्यस्को वंशानुगत अधिकार सफल व्यवसायी अर्जुन न्यौपानेमा जान्छ।यो स्कुल वस अभियानमा तपाइले पनि साथ दिनुहोलादाई पुर्व विघार्थी वा तपाइको भाइको तर्फवाट विशेस अनुरोध छ।तपाइले लहै भन्नु र मैले हजारौ शव्द लेख्नुमा यो विधालयको हकमा तपाइको अर्थलाग्छ।आधुनिक समाजमा सामुदायिक विधालय समाजवाटै स्थापित गरौ गरिवले पढ्ने स्कुल भनेर हेला नगरौ कुनैदिन तपाइ हामी सवै यहि पढेका हौ।भोलि तपाइहाम्रा छोरानाती यही पढाउने वातावरण निर्माण गरौ।
लेखक ठगेन्द्र प्र. न्यौपाने
पुर्व विधार्था महेन्द्र मावी रतुवामाइ-१०