• मदनबाबु प्रसाई

    उर्लाबारी / नगरमा एक पछि अर्को आगजनीका घट्न हुन थाले पछि उर्लाबारी नगरपालिकाले दमकल खरिदको प्रक्रिया अगाडी बढाउने भएको छ । नागरिकको जिउधनको सुरक्षाको जिम्मेवारी स्थानीय सरकारमा भएकोले प्रक्रिया पु¥याएर यसै बर्ष भित्र दमकल नगरमा भित्राउने तयारी भएको नगर प्रमुख खड्ग फागोले जानकारी दिए ।

    नगरपालिकाले आम नागरिकको हितमा प्रयोग हुने दमकल खरिद नगरेको भन्दै नागरिकबाट आलोचना हुदैं आएको थियो । स्थानीय निकायमा दमकलको अभावमा आगजनीबाट बढी क्षती व्यहोर्नु परेको सर्वसाधारणको गुनासो थियो ।

    मंगलबार राती मात्र उर्लाबारी नगरपालिकाको एक काष्ठ उद्योगमा आगलागी हुदा ७५ लाख मुल्य वरावरको क्षती भएको थियो ।

    उर्लाबारी नगरपालिका – ७ बरगाछी स्थित कन्काई स–मिलमा उद्योगको काठ भण्डारण गरेको स्थानमा मंगलबार राती १२ बजे आगो अचानक लागेको थियो । आगलागीको कारण हालसम्म नखुलेको मिल संचालक युद्ध श्रेष्ठले बताए

    ब्लाष्ट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…