• लहान, ७ चैत 

    पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–९ मा आज ट्र्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ । परीक्षणमा रहेको ट्र्याक्टरबाट लडेर सिरहाको मिर्चैया नगरपालिका–९ निवासी २२ वर्षीय श्रीराम सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सदालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    एकै दिन ११६ मोटरसाइकल नियन्त्रणमा

    जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले ट्राफिक नियम विपरीत चलाएको भन्दै आज एकै दिन ११६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

    होलीका बेला मादक पदार्थ सेवन गरी सवारी चलाउने सात, तीन जना सवार भएको र बिना हेल्मेट चलाएको १०९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको मोटरसाइकल आवश्यक जरिवाना तिराएर शुक्रबार छाडिने प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…