• बाहुनडाँगी । पूर्वीचितवनको खैरहनीमा फागुपूर्णीमा अवसरमा थारु कला संस्कृति प्रदर्शनी गरिएको छ । पर्सा खैरहनी जेसिजको आयोजनामा थारु समुदायको कला संस्कृतिको प्रर्बद्धन गर्न संस्कृति प्रदर्शनी कार्यक्रम गरेको हो । कार्यक्रममा थारु समुदायहरुले आफ्नो कला संस्कृति अनुसार डम्फु नाच , लठ्ठी नाच लगायतको अन्य नृत्यहरु प्रस्तुत गरेका थिए । जेसिजलाई समुदायसम्म पुर्याउन होलीको अवसरमा थारुहरुको कला संस्कृतिको जर्गेना गर्न कार्यक्रम आयोजना गरेको पर्सा खैरहनी जेसिजका अध्यक्ष शंकर कंडेलले बताए ।

    कार्यक्रमका प्रमुख अतिथी खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरीले सबै जातजातीको भाषा , संस्कृतिको प्रर्वधनको लागि नगरपालिका प्रतिबद्ध रहेको र सोहि अनुसार बजेटहरु विनियोजन समेत गरिएको बताए । उनले जेसिजले गर्ने हरेक सामाजिक काममा नगरपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

    शाखाका अध्यक्ष शंकर कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याणकारीणी सभाका केन्द्रिय सदस्य राजेन्द्र चौधरी , नेपाल जेसिजका पूर्व महासचिव अरुणेश्वर खनाल , वडा अध्यक्ष टेक बहादुर थापा , उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ का सदस्य गुणराज श्रेष्ठ , थारु कल्याणकारीणी सभा चितवनको पुर्वअध्यक्ष टिकेन्द्र चौधरी , पर्सा खैरहनी जेसिजका संथापक अध्यक्ष केशवराज पाठक , उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा , इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक धनदेव साउँद , शाखाका पुर्व अध्यक्ष प्रदिप पौडेल , निर्वतमान अध्यक्ष अमृत मल्ल , उद्योग वाणिज्य संघ खैरहनीकी बरिष्ठ उपाध्यक्ष कमलादेवी श्रेष्ठ , थारु कल्याणकारीणी सभाका पुर्व केन्द्रिय सदस्य चन्द्रकुमारी चौधरी , कार्यक्रम संयोजक मिरा चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…