रातोकलम अनलाइन!
क्वालालम्पुर-मार्च-२१
मलेशियाका लागि नेपाली राजदुत महामहिम उदयराज पाण्डे ले मलेशियाका राजा याङ्ग दि पेर्तुवान आगोङ्ग सङ्ग बिहीवार सिस्टचार भेट गर्नु भएको छ।राज दरबार क्वालालम्पुरमा आयोजित एक समारोह बिच आफ्नो अहोदाको प्रमाण पत्र बुझाउने सिलशिलामा मौसुफ लाई भेट गर्नु भएको दूतावास द्वारा जारी बिज्ञ्यप्तीमा उल्लेख छ।
उक्त समारोह लगत्तै महामहिम राजदुतले नेपालका रास्ट्रपति बिध्यदेबी भण्डारी,प्रधानमन्त्री केपि शर्मा ओलि र नेपाली जन्ताका तर्फ बाट निरन्तर प्रगती र समृद्धिको सुभेच्छा समेत जाहेर गर्नु भएको थियो।र राजदुत पाण्डेले आफ्नो कार्यकाल भरी मलेशिया नेपाल बिच रहेको मैत्रीपुर्ण सम्बन्ध लाई थप मजबुत बनाउने प्रयत्न पनि व्यक्त गर्नु भएको छ।
ठूलो सङ्ख्यामा नेपाली श्रमिकहरु मलेसियामा रहेको र दुई देश बिच पर्यटक आवत जावत लाई जनस्तरमा जोड्न आफुले महत्वपूर्ण भुमिका निर्बाह गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन।भने हालैको ऐतिहासिक राजनीतिक स्थिरता सङै नेपाल अब आर्थिक बिकास र समृद्धिमा केन्द्रित रहेको पनि अवगत गराउनु भएको छ।र मलेशियाका राजा दि पेर्तुवान आगोङ्ग ले राजदुत पाण्डेको अहोदाको प्रमाण पत्र ग्रहण गरे सङ्गै सफल कार्यकालको सुभकामना साथै नेपाली जन्ताको बिकास समृद्धि र उत्तरोत्तर प्रगतिको कामना पनि गर्नु भएको थियो।
बिज्ञ्यप्तीको पुर्ण पाठ-