• काठमाडौं । नाँच्न नजान्ने आँगन टँडो देख्ने नेपाली स्वभाव नेकपाको ओली ब्राण्डमा पनि चम्किँदैछ । त्यहीकारण जनतालाई काम दिन नसकेको सरकारले नालायक मन्त्रीहरुको जागिर खाने तयारी गर्दैछ ।

    समाचारसूत्रका अनुसार राम्रो काम नगर्दा पदबाट हट्नुपर्ने अवस्थामा रघुवीर महासेठ, मातृका यादव, बिना मगर, चन्द्र खनाल, शक्ति बस्नेत चर्चामा छन् । संयोगले महासेठ र यादव धनुषाका हुन् ।

    त्यसो त पूर्व एमालेभन्दा माओवादीका धेरै बद्नाम भएका कारण सरकारलाई पुर्नगठन गर्दा पक्षपातपूर्ण नहोस् भन्ने रहेको छ ।

    एमालेले श्रम तथा रोजगार, संघीय मामिला, परराष्ट्र, सूचना प्रविधि मन्त्रालयको चरित्र फेर्न खोजेको छ । यस पटक डा.युवराज खतिवडा अर्थमन्त्रालय चलाउनै नसक्ने भए । उनी राजनीति नबुझ्ने व्यक्ति भए । फोरमले पनि सहरी विकासमन्त्री इस्तियाक राईलाई बदल्दैछ ।

    उपप्रधानमन्त्री उपेन्द्र यादव धेरै विदेश घुम्न पाइने भएकाले परराष्ट्र जान खोजेका छन् । नेकपा र फोरमले मन्त्रालय साटफेर गर्न सक्छन्, दबाबमा उल्लेख छ ।

    दुई तिहाईको दम्भले मातेको नेकपाले सरकार चलाएको फागुन ३ गते एक वर्ष पुगेको बेला प्रधानमन्त्री ओलीको समृद्धिमा किसानले उत्पादनको मूल्य नपाएर सडकमा दूध पोख्ने, तरकारी बारीमा डोजर लगाउने गरेकै छन् ।

    लुट्नका लागि जताततै विकास र समृद्धि छ, जनताको सेवाका लागि होइन । प्रधानमन्त्रीले आफूमाथिको अपजस टार्न पनि मन्त्रीहरु हटाउन लागेका हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…