• काठमाडौं । सरकारले एक नेपालीको १ बैंक खाता भन्ने नाराले हावा खाएको छ ।

    पछिल्लो तथ्याङ्क अनुसार ३ करोड जनसख्यामा २ करोडको पनि बैंक खाता नरहेको फेला परेको छ । करिब ६० प्रतिशत जनता अझै बैंक÷विकास बैंक र वित्तिय संस्थासंग आबद्ध नै छैनन् ।

    राष्ट्र बैंकले अहिले पनि कुल जनसंख्याको ६० प्रतिशत जनतासँग बैंकिङ पहुँच नपुगेको बताउँदै आएको छ ।

    यसको अर्थ ४० प्रतिशत जनताको मात्र बैंक तथा वित्तीय संस्थामा खाता छ भन्ने राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

    खाता हुने र जनसंख्याको पहुँचले बैंक तथा वित्तीय संस्थामा एक जना व्यक्तिको धेरै खाता भएको प्रष्ट पार्छ । राष्ट्र बैंकका अनुसार, एक जना व्यक्तिको १० बैंक तथा वित्तीय संस्थामा खाता छन् ।

    शहरी इलाका एक जनाको धेरै वित्तीय संस्थामा खाता हुने गरेको र ग्रामिण क्षेत्रमा अझै पनि धेरै नागरिक बैंक खाता खोल्नबाट बन्चित रहेको राष्ट्र बैंकको तथ्यांकले प्रष्ट पारेको छ । एक वर्षमा ४१ लाख ६९ हजार बैंक तथा वित्तीय संस्थामा खाता खुलेका छन् ।

    सरकारले अघिल्लो वर्षको बजेटमा एक नेपालीको एक खाता अभियान घोषणा गरेको थियो । सरकारको नीति र सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थालाई शाखा पुर्याउन राष्ट्र बैंकले दिएको निर्देशनले गर्दा पनि बैंक तथा वित्तीय संस्थामा शाखा खोल्ने बढेको हुनुपर्छ ।

    अघिल्लो माघ मसान्तको तुलनामा यो वर्षको माघसम्ममा ४१ लाख ६९ हजार निक्षेपकर्ता बढेको राष्ट बैंकले जनाएको छ । यो सँगै माघ मसान्तसम्म बैंकमा खाता हुने नेपालीको संख्या दुई करोड ५६ लाख ५८ हजार पुगेको छ ।

    गएको वर्षको माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता खोल्नेको संख्या दुई करोड १४ लाख ९८ हजार थिए । यस अवधिमा खोलिएका खातामध्ये दुई करोड नौ लाख ७८ हजार खाता ‘क’ वर्गका वाणिज्य बैंकमा रहेका छन् ।

    ४१ हजार सात सय खाता ‘ख’ वर्गका विकास बैंकमा र पाँच लाख ५२ हजार खाता फाइनान्स कम्पनीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    यता केन्द्रीय तथ्यांक विभागले नेपालको जनसंख्या करिव ३ करोड भएको अनुमान गरेको छ । गत वर्ष प्रतिदिन एक हजार ७० देखि एक हजार ८४ जनासम्म बढने गरेको थियो । प्रक्षेपण अनुमानित भएकाले घटबढ हुने सम्भावना रहन्छ ।

    विभागले आगामी २०७८ साल असार ८ गते नेपालको जनसंख्या तीन करोड तीन लाख ७८ हजार ५५ पुग्ने प्रक्षेपण गरेको छ ।

    विभागले २०६८ सालमा राष्ट्रिय जनगणना गर्नुअघि नेपालको जनसंख्या दुई करोड ८४ लाख पुग्ने प्रक्षेपण गरेको थियो ।

    जबकी जनगणनाले जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको देखाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…