• चैत ८, पथरी
    पत्रकारहरुको विहिवार भएको होली कार्यक्रममा पूर्वी मोरङमा छुट्टै शाखा खोल्नुपर्ने वक्ताहरुले बताएका छन् ।
    नेपाल आदिवासी जनजाति महासंघ(फोनिज) र नेपाल पत्रकार महासंघ मोरङ सम्पर्क कार्यालयको आयोजनामा पथरीमा आयोजित होली कार्यक्रममा बक्ताहरुले मोरङमा छुट्टै शाखा खोल्न तत्काल पहल गर्नुपर्ने बताएका छन् ।


    होलीको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद तथा प्रेस सेन्टर र प्रेस संगठनको प्रस्तावित केन्द्रीय समितिको सदस्य अर्जुन जम्नेली राई, पथरीशनिश्चरे नगरपालिकाको सूचना संयोजक भूपेन्द्र तिम्तिसाना, प्रेस सेन्टर १ नम्बर प्रदेशको कोषाध्यक्ष मोहन भट्टराई, प्रेस युनियानका गोपाल काफ्ले, रेडियो रिदमका कुमार खड्का,रेडियो सिम्रिकका विवेक न्यौपाने, पत्रकार भूमि पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मोरङका अध्यक्ष दिनेश सुब्बाको सभापतित्वमा भएको कार्यक्रममा वक्ताहरुले पूर्वी मोरङमा महासंघको छुट्टै शाखा खोल्न तत्काल पहल गर्नुपर्ने बताएका छन् ।

    महासंघको विधानमा ३५ जना सदस्य भएको स्थानमा छुट्टै शाखा खोल्न पाउने व्यवस्था रहेको छ । पूर्वी मोरङको उर्लाबारी, पथरीशनिश्चरे,लेटाङ नगरपालिका, मिक्लाजुङ, कानेपोखरी लगायतको पालिकाहरुमा ५० भन्दा बढी महासंघको सदस्य रहेको छ ।
    होलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरुले पूर्वी मोरङमा छुट्टै शाखा खोल्न तत्काल पहल थाल्नु पर्ने बताएका हुन् ।


    नेपालमा संघीयता कार्यन्वयनको शीलशीलामा तीन (संघ, प्रदेश र स्थानीय) तह कायम भएकोले पत्रकार महासंघमा पुरानै पुरानो जिल्लाको संरचनामा नरही मापदण्ड पुगेको स्थानहरुमा छुट्टै शाखा खोल्न पहल गरिनु पर्ने वक्ताहरुको भनाई रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…