काठमाडौं, ८ चैत । नेपालका सबै मौलिक परम्परा र संस्कृतिमाथि प्रहार गर्दै आएका राजनीतिक दलहरुले अब नेपाली नागरिकतालाई फगत कागजी खोस्टो बनाउने प्रयासमा लागेका छन् ।
संघीय संसदको राज्य व्यवस्था समितिमा रहेको नागरिकता ऐन संशोधन विधेयकमा भएको सहमतिले नेपाली नागरिकता परिवार नियोजनको साधन भन्दा पनि सस्तो सावित हुने अवस्था बन्ने भएको छ ।
आमाको नाममा नागरिकता दिने बहानामा गम्भीर गल्ती गर्ने सहमति सांसदहरुबीच भई नै सकेको छ । बाउको पहिचान नभएको सूचनाको आधारमा मात्रै आमाको नाममा नागरिकता दिने सहमति गरिएको छ ।
त्यति मात्रै होइन, आमाको नाममा नागरिकता पाउने भएपछि बाउको थरको त कुनै आवश्यकता नै नहुने भैगयो, त्यसमाथि आमाको समेत थर नराखी कुनै उपनाममा नागरिकता बाँड्ने जस्तो गम्भीर गल्तीमा सांसदहरुबीच सहमति बनेको हो ।
उक्त ऐन बनेपछि थरविहिन वा साहित्यकारका जस्ता उपनामधारी मानिसहरुको उदय हुने पक्का छ । झट्ट हेर्दा यो विषयले महिला अधिकारलाई स्थापित गरे जस्तो लाग्ने भए पनि त्यसको गम्भीर असर मुलुकले मात्रै होइन, नेपाली सभ्यताले नै भोग्नु पर्ने निश्चि छ ।
एकातर्फ बाउको पहिचान बिना नागरिकता दिँदा विदेशीको अवैध सन्तानले भटाभट नागरिकता पाउने छन् । अहिले हजारौं लाखौंको संख्यामा नेपाली महिलाहरु विदेश पुगेका छन् । उता मस्ती गर्दा जन्मिएका सन्तान बोकेर उनीहरु नेपाल आउने छन् र उनीहरुले सन्तानलाई सजिलै नेपाली नागरिक बनाउने छन् ।
यसको परिणाम यति भायवह हुने छ कि देशले भोलि कसरी ती अवैध विदेशी सन्तानहरु थेग्न सक्ने अवस्था रहने छैन । भारतमा मात्रै बाउको पहिचान नभएका मानिसहरुको संख्या ३ करोड रहेको छ । तर, भारतले त्यस्ता व्यक्तिहरुको विषयमा राशन कार्ड पनि दिने गर्दैन ।
अर्कोतर्फ बाउको पहिचान विनाका नागरिक अर्थात् उपनामधारी नागरिकहरुबाट आउने अर्को भयंकर खतरा जीन सम्मिलनको हुनेछ । गोत्र, थर वा जात नछुट्टिँदा उपनामधारी एकै बाउ वा आमाका सन्तानबीच विहेबारी हुने निश्चित छ, नेपालीपत्रमा उल्लेख छ ।
जसका कारण नेपाली जातिको विनाश पनि निम्तिने छ । यस्तो गम्भीर विषयतर्फ ध्यान नदिएर महिलवादीहरुको बलजफ्तीमा नागरिकता जस्तो विषय निर्णय गर्नुको पछाडि भयंकर षडयन्त्र छ भन्ने स्ष्पट छ ।