• बाहुनडाँगी । नेपाल जेसीजले गत वर्षदेखि सुरु गरेको जेसीज साप्ताहिक तालिम अन्तरगत वर्ष २०१९ को शनिवारदेखि सुरु हुँदै छ ।
    साप्ताहिक तालिम अन्तरगत पहिलो चरणमा क्षेत्र ‘घ’ अन्तरगत बुटवल जेसीजबाट यस वर्षको तालिम सुरु हुनेछ । बुटवल जेसीजको आतिथ्यतामा हुने तालिममा त्यस क्षेत्रका १८ वटा शाखाको सयुक्त सहभागिता र आयोजना रहनेछ । ‘सर्कल एक्सीलेन्स मल्टी च्याप्टर ट्रेनीङ’ मा सिदार्थ, बुटवल लेडी, सिदाद्र्ध लेडी, पाल्पा, कपिलवस्तु, भलवारी, रामग्राम, रामग्राम लेडी, सुनवल, तिलोतमा, रामनगर, देवदह, सौमैना, शिवराज, बद्धभूमी, सुद्धोधन र प्रस्तावित कञ्चन जेसीजको सहभागिता रहने नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष एवम् क्षेत्र ‘घ’ का निरुपित कार्यकारीणी उपाध्यक्ष श्याम सुन्दर पौडेलले मिलनले बताउनु भयो ।
    क्षेत्र ‘घ’ का ५ वटा शाखामा सञ्चालन हुने पहिलो चरणको तालिममा करिब ३५ वटा शाखाले प्रत्यक्ष सहभागिता जनाउने छन् । यस क्षेत्रमा देशकै सबै भन्दा धेरै ४७ वटा शाखा रहेका छन् । ५ वटै शाखामा नेपाल जेसीजका ट्रेनर राजाबाबु शाहले दिनु हुनेछ । बुटवलबाट उद्घाटन भएको तालिम त्रिभूवननगर जेसीज, सुर्खेत लेडी जेसीज हुँदै टिकापुर जेसीजमा पुगेर समापन हुनेछ । यस क्षेत्रको निरुपित उपाध्यक्षहरुमा अर्जुन अधिकारी, दिनेश बोहोरा र रुकमणिी सिग्देल रहनु भएको छ ।
    पश्चिमबाट सुरु भएको साप्ताहिक तालिम देशका ४ वटै क्षेत्रमा सञ्चालन गरिने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौडेलले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…