• बाहुनडाँगी । नव ज्योति युवा क्लब मेचीनगर ३ बडाखालको आयोजनामा शनिवारबाट वडा स्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ ।
    नव ज्योति निमाविको खेल मैनादमा भएको प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हर्कबहादुर बस्नेतले गर्नु भएको थियो ।
    उद्घाटन खेलमा आयोजक मेचीनगर ३ र मेचीनगर १२ विजयी भएका छन् । पहिलो खेलमा आयोजकले मेचीनगर १४ लाई ४–० को गोल अन्तरले पराजित गरेको छ । यसैगरी दोस्रो खेलमा मेचीनगर १२ ले मेचीनगर २ लाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
    आइतवारको पहिलो खेल मेचीनगर ५ र वडा नम्बर १५ तथा दोस्रो खेल मेचीनगर ४ र मेचीनगर ६ बीच हुने आयोजक समितिका अध्यक्ष भवानी गिरीले बताउनु भयो । प्रतियोगितामा मेचीनगरका १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टिमले २० हजार र उप विजेता टिमले १० हजार पाउनेछन् ।
    नव ज्योति युवा क्लबका अध्यक्ष भवानी गिरीको अध्यक्षता तथा वडा अध्यक्ष हर्कबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनर २ का अध्यक्ष तिलक न्यौपाने, संस्थापक जितबहादुर लावती, सल्लाहकार कमल थापा, दिपक थापा, पूर्व अध्यक्ष राजकुमार राया, सल्लाहकार राजेश बस्नेत, चन्द्रबहादुर थापा, रिता थापा, धनबहादुर अधिकारी, राजेन्द्र थापा, सोमबहादुर आचार्यलगायतको सहभागिता रहेको थियो । सचिव सुमन थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन पूर्व सचिव देबु बानियाँले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…