• काठमाडौँ । राणा शासनदेखि सशस्त्र द्वन्द्वमा रहेका माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने र राजालाई राजदरबारबाट बाहिर निस्कन बाध्य बनाई गणतन्त्र स्थापना गराउनेदेखि संविधान निर्माणमा अग्रणी भूमिका खेलेको काँग्रेस यतिबेला प्रतिपक्षको भूमिकामा रहेको छ ।

    लामो समयसम्म देशलाई लिड गरेको काँग्रेसले आफ्नै संगठनलाई चलायमान बनाउन सकेको छैन । गुटको होडबाजीले संगठन ध्वस्त बनेको छ भने कार्यकर्ताहरु नुन खाएको कुखुराजस्ता बन्न पुगेका छन् ।

    काँग्रेसको यस्तो हविगत हुँदासमेत उपसभापति विमलेन्द्र निधिले लोकतान्त्रिक पार्टी यसरी नै चल्ने गरेको बताएका छन् । उपसभापति निधिलाई संगठनको चिन्ताभन्दा पार्टी सभापति शेरबहादुर देउवाको आशीर्वाद भए पुग्ने काँग्रेसका जानकारहरुले बताएका छन् ।

    काँग्रेसले सत्तामा रहँदाको अनुभव देखाउनुको सट्टा सानातिना, खुद्रा–मसिना कुरामा अल्झेर आफ्नै आन्तरिक गुटगत राजनीति किचलोमा अल्झिरहेको छ । आगामी १४ औँ महाधिवेशनमा नेतृत्व हात पार्ने हिसाबले काँग्रेसमा देखिने गरी तीनवटा गुट र नदेखिने हिसाबले चारवटा गुट सक्रिय रहेका छन् ।

    यी चारवटै गुट एकढिक्का भए काँग्रेसलाई कसैले छुन नसक्ने काँग्रेसीहरुको कथत छ । गुटले पार्टीलाई वैचारिकरुपले बलियो बनाए पनि सांगठानिक हिसाबले कमजोर बन्दै गइरहेको अवस्था छ । हाल पार्टी सभापति देउवा गुटमा विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखक रहेका छन् ।

    त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा प्रकाशमान सिंह, रामशरण महत, नवीन्द्रराज जोशी, सीतादेवी यादव, दिलेन्द्रप्रसाद बडु र बलबहादुर के.सी.ले साथ दिँदै आएका छन् । चौथो गुट भनिने डा. शशांक कोइराला, डा. शेखर कोइराला, सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, दीपक गिरी र दीपक खड्कालाई पनि वरिष्ठ नेता पौडेल गुटकै भनेर चिनिन्छ । तथापि पछिल्लो समय विरासत फर्काउन कोइरालाहरु एकजुट भएको समाचार स्रोतले बताएको छ ।

    उता तेस्रो गुटको नतृत्व गर्दै आएका कृष्णप्रसाद सिटौला गुटमा गगनकुमार थापा, उमाकान्त चौधरी, प्रदीप पौडेल रहेका छन् । यी सबै नेतालाई गुटको खेती चलाएर कसरी नेतृत्व हात पार्ने भन्ने चिन्ता छ । तर, काँग्रेस यही हिसाबले अघि बढे ‘भाइ फुटे गवार लुटे’ मा परिणत हुनसक्ने र अझ थला पर्ने बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…