• बाहुनडाँगी । बिश्व दृष्टि बिशेषज्ञ दिवशको अबसरमा चारआली जेसीजको आयोजना तथा एभरेष्ट अप्टिकल सेन्टरको प्राबिधिक सहयोगमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। दर्जन भन्दा बढी संघ संस्था उपस्थित रहेको उक्त कार्यक्रमको सभापतित्व चारआली जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्र.पकुवालले गर्नुभएको थियो भने मे.न.पा. १३ का वडा अध्यक्ष कृष्ण सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो। संस्थापक अध्यक्ष जेसी बिष्णु प्र. रिमाल लगायत सम्पुर्ण पूर्व अध्यक्षहरुको उपस्थितिमा भएको कार्यक्रममा तालिम निर्देशक तथा कार्यक्रम संयोजक जेसी भोजराज पराजुलले स्वागत मन्तव्य, उपाध्यक्ष जेसी सुजुप सुवेदीले जेसीज आस्था बाचन गर्नुभएको उक्त कार्यक्रममा पूर्व अध्यक्ष जेसी राजेश गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन महासचिब जेसी संजय निरौलाले गर्नुभएको थियो । सो एकदिने शिविरमा २४६ जना बिरामीको आँखा जाँच गरिएको जनसम्पर्क अधिकारी जेसी सन्तोष न्यौपानेले जानकारी दिनुभयो। साथै होली पर्व तथा चारआली जेसीज बर्ष २०१९का अध्यक्षको जन्मदिनको अवसरमा बिर्तामोड स्थित परोपकार तथा अनुसन्धान केन्द्रमा आश्रय लिईरहनु भएका बृद्धबृद्धाहरु संग होलीको खुशी साटासाट गर्दै फलफुल तथा सहयोग हस्तान्तरण गरिएको निर्वतमान अध्यक्ष जेसी रोहित दाहालले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…