• विराटनगर, ९ चैत । आइतबारबाट सुरू हुन लागेको एसइई परीक्षा २०७५को तयारी पुरा भएको छ । परीक्षाको लागी केन्द्रमा उत्तर पुस्तिका र प्रश्नपत्र पठाउने देखि परीक्षा केन्द्र, विद्यार्थी सिम्वोल नम्बर टास्ने काम सकिएको शिक्षा विकास तथा समन्वय ईकाई मोरङले जनाएको छ । यसपटकको एसईई परीक्षामा मोरङ जिल्लामा नियमित तर्फ १८ हजार ३ सय ५२ जना विद्यार्थीले परीक्षा दिदैछन् । त्यस्तै एक्जाम्टेडतर्फ २ सय ८४ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख राजेन्द्र बुढाथोकीले जानकारी दिए ।
    एसईईका लागि मोरङमा ६९ वटा परीक्षा केन्द्र तोकिएको छ । ती परिक्षा केन्द्रहमा केन्द्राध्यक्षले समेत तयारी पुरा गरिसकेका छन् । मोरङमा सामुदायिक १ सय ७९ वटा र संस्थागत १ सय ९ गरी जम्मा २ सय ८८ वटा विद्यालय परिक्षामा सहभागी हुँदैछन् ।
    आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म हुने एसइई परीक्षा २१ गतेसम्म संचालन हुनेछ । पहिलो दिन अग्रेंजी विषयको परीक्षा हुँदैछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…