•  

    मोरङ, ९ चैत्र । मोरङको कानेपोखरी गाँउपालिकामा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान कन्टेनर ट्रक र टाटा सुमो ठोक्किदाँ झापाको अर्जुनधारा नगरपालिका–४ का ४७ वर्षीय रामकुमार अछामी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय प्रकाश मगरको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले सुमोमा सवार अछामीको घटनास्थलमै र मगरको उपचारका लागि विराटनगरतर्फ ल्याउने क्रममा बिच बाटोमै मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनरमा सोही दिशाबाट आउँदै गरेको बा ११ च ७९४८ नम्बरको यात्रुवाहक टाटा सुमो बिहान करिब ५ बजे ठोक्किएर दुर्घटना भएको प्रहरी निरीक्षक बजगाईले जानकारी दिए ।

    उनका अनुसार टाटा सुमो काठमाडौँबाट यात्रु लिएर झापातर्फ गुडेको थियो। दुर्घटनामा गौरादह–४ की ५५ वर्षीय दुर्गा मगर, ३८ वर्षीय बबिता मगर, १४ वर्षीय प्रविका मगर, ३५ वर्षीय योगेश न्यौपाने र काभ्रेको भुमुटार नगरपालिका–८ का २७ वर्षीय रमेश तामाङ, सुमो चालक झापाको दमक–२ का ३७ वर्षीय कूलबहादुर रेग्मी घाइते भएका छन्। घाइते मध्ये दुर्गा र प्रविकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले कन्टेनर र चालक चितवनको राप्ती नगरपालिकाका लक्ष्मण अधिकारी तथा टाटा सुमो र चालकलाई नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…