• गोरखा – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् नेपाल महिला संघकी सभापति डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली दुईतिहाइको बलमा राजा बन्न खोजेको आरोप लगाएकी छन् ।

    महिला संघको राष्ट्रिय अभियानको क्रममा गोरखा आएकी संग्रौलाले शनिबार पत्रकारसँगको भेटमा यस्तो बताएकी हुन् ।

    विधिको शासन मिचेर व्यक्तिको शासन लाद्न प्रधानमन्त्रीले सेना प्रधानमन्त्री माताहत ल्याउने प्रयास गरेको उनको आरोप छ । ‘राष्ट्रिय सुरक्षा, काम कर्तव्य र अधिकार विधेयक २०७५ प्रस्ताव गरिएको छ,’ उनले भनिन्, ‘नेपालको मौजुदा संविधानअनुसार राष्ट्रिय सुरक्षा परिषद्ले मन्त्रिपरिषद्बाट पास गरी राष्ट्रपतिले सेना परिचालन गर्नुपर्नेमा सबै ऐन कानुन मिचेर प्रधानमन्त्री ओली फेरि अर्को राजा बन्दैछन् ।’

    कांग्रेसले प्रधानमन्त्रीको कदमविरुद्ध प्रेस विज्ञप्ति निकालेर र सदनमा संशोधन प्रस्ताव हालेको उनको भनाइ छ । सुरक्षा परिषदलाई बाइपास गरेर राष्ट्रपतिलाई छायाँमा राखेर प्रधानमन्त्री आफैंले सेना परिचालन गर्न पाउने विधेयकले नेपालका मौजुदा संविधानलाई बाइपास गरेको उनको आरोप छ ।

    बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले संरक्षण दिएर राखेको आरोपसमेत उनको छ । अर्को प्रसंगमा उनले पार्टीभित्र हिन्दू राज्यको विषयमा जनमत संग्रह गर्ने विषयमा बहस भएपनि त्यसतर्फ कांग्रेस नफर्किने दाबी गरिन् ।

    ओली सरकारले संविधान विपरीत काम गरिरहेको भन्द्र कांग्रेसले कडा प्रतिवाद गर्दै आएको छ । सरकारले दुईतिहाइको दम्भ देखाउन थालेपछि कांग्रेस आक्रोशित भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…