• काठमाडौं : मोहन वैद्यले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फिर्ता गर्न माग गरेका छन्।

    शनिबार विज्ञप्ति सार्वजनिक गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी मााओवादी)का महासचिव वैद्यले यस्तो माग गरेका हुन्।

    ‘विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फिर्ता गर्न, सो समूहप्रति राजनीतिक व्यवहार गर्न माग गर्दै वैद्यले वार्ताबाट समस्या समाधान गर्न माग गरेका छन्।

    ‘समस्याको समाधान प्रशासनिक रुपमा होइन वार्ताद्वारा गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ’, वैद्यको विज्ञप्तिमा भनिएको छ।

    वैद्यले शुक्रबार राति विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित नौजना पक्राउ परेको र उनीहरुमाथि यातना दिने क्रम बढेको भन्दै आपत्ति जनाएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…