• बाहुनडाँगी । यही आउँदो नयाँ वर्ष बैशाख १ गतेका दिन ‘‘अब धनगढी दौडिन्छ’ को छैठौ संस्करण हाफ म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
    धनगढीमा शनिबार आयोजक धनगढी जेसीजजले पत्रकार सम्मेलनको आयोजना गरेर उक्त कुराको जानकारी दिएको हो ।
    प्रतियोगिताका संयोजक लोकराज भट्टले प्रत्येक वर्ष झै यो वर्षपनि हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने बताए । उनले धनगढी रंगशालाबाट शुरु हुने दौडा प्रतियोगिता २१ दशमलव १ किलोमिटरको हुने बताए ।
    प्रतियोगितामा तिन ओटा विधाहरु समावेश गरेको संयोजक भट्टले जानकारी दिए । उनले २१ दशमलव १ किलोमिटरको खुला दौड, ५ किलोमिटरको कर्पोरेट र संचार त्यस्तै ५ किलोमिटरकै ट्राईसाकल रेस आयोजना गरिने बताए ।
    दौड प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैया, दोस्रो ३३ हजार ३ सय ३३ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैया, कर्पोरेट र संचार तर्फ प्रथम, द्वितिय र तेस्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैया पुरस्कार पाउने आयोजक धनगढी जेसिजका अध्यक्ष नरेन्द्रराज अवस्थिले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…