• काठमाडौँ — आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको सोसल मिडियामा चर्चा भयो । चर्चाको कारण थियो- किरियापुत्रीसँग माला लगाएर फोटो खिच्नु। दुईजना किरियापुत्रीसँगै उनले माला लगाएर फोटो खिचेका छन् । उनको यो तस्बिरबारे आइतबार बिहानदेखि आलोचना भएको छ । धेरैले दुःखद घडीमा माला लगाएर जानु असान्दर्भिक भएको टिप्पणी गरेका छन् ।

    तत्कालिन मोरङ एमालेका सचिवालय सदस्य महेश भट्टराई र मदन भट्टराईकी आमाको निधन भएको पाँचौ दिनमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्न र परिवारलाई सान्त्वना दिन भन्दै पण्डित शनिबार काठमाडौंबाट विराटनगर गएका थिए ।

     

    विराटनगर विमानस्थलमा पार्टी कार्यकर्ताले लगाइदिएको मालासहित नै उनी विमानस्थलबाट २ किलोमिटर दुरीमा रहेको विमनपा-३ स्थित् भट्टराई निवासमा पुगेका थिए । 'दुःखद घडीको ख्यालै नगरी मन्त्रीज्यू माला लगाएर किरियापुत्री भेट्न आएको घटनाले अशोभनीय सन्देश दिएको,' स्रोतले भन्यो । मन्त्री किरियापुत्रीलाई भेटेर सिरहा लहानमा भएको कार्यक्रममा सहभागी हुन गएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…