• रूपेन्द्र शेर्मा
    उर्लाबारी, १० चैत/समाजसेवामा क्रियाशिल युवाहरुको संस्था यु युथ अफ उर्लाबारीले आइतबार मृगौला पीडित १३ बर्षिया बालिका रेश्मा शेर्माको परिवारलाई तीन लाख १६ हजार दुई सय ३० रुपैयाँ उपलब्ध गराएको छ ।
    सो संस्थाले उर्लाबारीस्थित सञ्चार क्लब नेपालको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी उक्त रकम रेश्माकी आमा सुकमाया शेर्मालाई हस्तान्तरण गरेको हो । रेश्माको उपचारका लागि सहयोग जुटाउने उद्देश्यले फागुन २० गते आयोजित ‘रेश्मा शेर्मा सहयोगार्थ महाशिवरात्री साङ्गीतिक साँझ–२०७५’ मा संकलित रकम रेश्माको परिवारलाई हस्तान्तरण गरिएको हो । साँगीतिक साँझका लागि भएको टिकट बिक्रीबाट उठेको रकम तथा देश–विदेशबाट प्राप्त सहयोग रकम समेत रेश्माको परिवारलाई हस्तान्तरण गरिएको यु–युथ अफ उर्लाबारीका अध्यक्ष रमन शाक्यले जानकारी दिए ।
    सोही अवसरमा ह्यापी गाइज कतारको तर्फबाट २१ हजार सात सय सात रुपैयाँ र कतारमा कार्यरत नेपालीहरुद्वारा संकलित ३२ हजार सात सय ७८ गरी कुल ५४ हजार चार सय ८५ रुपैयाँ पनि रेश्माको परिवारलाई हस्तान्तरण गरिएको छ ।
    दुवै मृगौला खराब भएपछि हाल रेश्माको काठमाण्डौको शिक्षण अस्पतालमा डाइलिसिस् भइरहेको उनकी आमा सुकमायाले जानकारी दिइन् । रेश्माको मृगौला प्रत्यारोपणका लागि भारतको नयाँ दिल्ली लैजानुपर्ने र त्यसका लागि ३० लाख रुपैयाँ खर्च लाग्ने मानव अंग प्रत्यारोपण भक्तपुरका चिकित्सकले बताएका छन् ।
    यसअघि रेश्माको उपचारका लागि हङकङमा रहेका नेपालीहरुले एक लाख १८ हजार पाँच सय ३५ रुपैयाँ सहयोग गरेको थियो । त्यसबाहेक बिभिन्न देशमा रहेका नेपालीहरुले पनि रेश्माको उपचारका लागि सहयोग प्रदान गरिरहेका छन् । संयुक्त अधिराज्य (यू.के.) मा पनि रेश्माको उपचारार्थ सहयोग संकलन भइरहेको जानकारी प्राप्त भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…