• विवेक मिश्र

    बेलबारी ११ चैत सवारी दुर्घटनालाई न्युनीकरण गर्ने उदेश्यका साथ सोमवार मोरङको बेलबारी १० भाउन्नेमा एक कार्यक्रम आयोजना गरी ट्रिपर चालकलाई टाईम कार्ड बितरण गरिएको छ । बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागी पहिलो चरणमा ट्रिपरलाई टाईम कार्ड बितरण गरिएको प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले बताए । ट्रिपरमा जवान चालकहरु बढी रहेको,भत्ताको लोभमा तिब्र गतिमा ट्रिपर चलाउने गरेको र मादकपदार्थ सेवनका कारण बढी दुर्घटना हुने गरेको भन्दै उनले टाईम कार्ड बितरण गरिएपछि दुर्घटना न्युनीकरण हुने बताए । टाईम कार्ड लागु भएपछि निर्धारित दुरीमा निर्धारित समयमा सवारी नचलाए पहिलो पटक सम्झाउने र दोस्रो पटक कार्वाही गरिने समेत उनले बताए ।

    यसअघि प्रदेश नम्बर १ ट्राफिक प्रहरीले बिहान १ घण्टा र बेलुका १ घण्टा ट्रिपर सञ्चालनमा लगाएको रोक तत्कालका लागी यथावत रहने र सोही नियम अनुसार चल्न चालकहरुलाई उनले निर्देशन समेत दिएका छन । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रमुख शिवकुमार पोख्रेलले टाईम कार्ड शुरु भएपछि चालकहरु सचेत हुने र दुर्घटनामा कमी आउने बिश्वास ब्यक्त गरे ।

    उनले चालकहरुको लापरबाहीका कारण नै धेरै दुर्घटना भएको भन्दै अब टाईम कार्ड अनुसार सवारी चलाए दुर्घटना न्युनीकरणमा मद्धत पुग्ने उनले बताए । ट्रिपर ब्यबसायी महासंघका अध्यक्ष गोपाल कार्कीले ट्रिपरका कारण मात्र दुर्घटना हुने नभएको भन्दै उनले ट्रिपर मात्र बढी निशानामा पर्ने गरेको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङको आयोजनामा भएको कार्यक्रम बेलबारी १० का वडाध्यक्ष गंगा याख्खाको सभापतित्वमा कार्यक्रम भएको ट्राफिक प्रहरी कार्यलय बेलबारीका प्रमुख लिलाकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…