उर्लाबारी ११ चैत
मोरङको उर्लाबारी २ डुम्रे स्थित न्यानो अभियान नेपाल अन्र्तगत एलिशा धिमाल अक्ष्यकोषले सोमबार क्यान्सर रोगी नारायणप्रसाद भट्टराईलाई नगद सहयोग गरेको छ ।
अक्ष्यकोष समितिले निर्णय गरेको रु १० हजार र न्यानो अभियान नेपालका सदस्यबाट २ हजार गरि जम्मा १२ हजार रकम सहयोग गरेको हो । बुवा बिरामी भएर थलिएपछि १७ बर्षिया छोरी अम्बिका भट्टराईले बुवाको उपचार खर्च जुटाउन सिटि सफारी कुदाउदै आइरहेकी छिन । उपचारका लागि १२ लाख खर्च हुने चिकित्सकले बताएपछि पढाई छोडेर सिटि सफारी कुदाउन थालेकी हुन । उनि कक्षा १२ मा अध्यायनरत रहेकी छिन । सुस्त मनस्थिती भएकी एक बहिनी, एउटा मृगौला निकालेर थलिएकी आमा अनि कलेजोमा समस्या आएपछि थलिएका बुवाको हेरचाह र परिवारको जिम्मेवारी उनले काँधमा लिएर सामाना गरिहेको अवस्था छ ।
बिहान देखि साँझ सम्म दैनिक हजार रुपैयाँ कहिले काहीं त्यो पनि नहुने अबस्थामा परिवारको खर्च सफारीबाट जुटाउनुपर्ने उनको बाध्यता रहेको अवस्था छ । यस्तो अवस्थामा भएको परिवारमा केही राहत पुगोस भन्ने मनसायले अक्ष्यकोषले रकम सहयोग गरेको हो ।
संथाका अध्यक्ष पुर्ण सिंघक, बरिष्ठ उपाध्यक्ष संजिव बुढाथोकी, महासचिव तेजन खड्का, सदस्य जेन वाइवा, कोषका संयोजक विजय धिमाल, सदस्य शंखर निरौला र संस्थाका शुभ तिन्तक प्रभु राई रहेका थिए । यस अघि उर्लाबारी ८ दुर्गापुरीमा रहेको निम्न परिवार र मोरँग जिल्लाको बुढीगँगा गाउँपालिका वडा नं। २ बस्ने बर्ष ६० श्रवण मण्डल र उनकी ५८ वर्षिय श्रीमति लक्ष्मी देवी मण्डललाई सहयोग गरेको थियो । एलिशाको परिवालाई भने वार्षीक दश हजार दिने माइनोट सहीत निर्णय भएको अक्ष्यकोषका संयोजक विजय धिमालले जानकारी दिए । थप्दै यी सहयोग कोषको साँवा नहराउनेगरी व्याजबाट सहयोग गरिने र गरिदै आएको समेत जानकारी गराए ।