• राँझा: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्र क¥याङकुरुङको जस्तो आन्तरिक एकताको खाँचो रहेको बताउनुभएको छ ।

    ‘एकता जबसम्म हुँदैन तबसम्म नेपाली काङ्ग्रेसले जित्दैन तर जुन दिन काङ्ग्रेस एक हुन्छ कसैले हराउन सक्दैन’ आज बाँकेको नेपालगञ्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री डा कोइरालाले भन्नुभयो, “क¥याङकुरुङ पन्छीले एकताका आधारमा हजारौँ किलोमिटर टाढाको दूरी पार गर्न सकेका छन्, हामीभित्र पनि साँच्चिकै एकताको खाँचो छ ।”

    उहाँले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीभित्र ‘तेरो र मेरो’ नभनी एकताबद्ध हुन पटक–पटक आग्रह गरेको उल्लेख गर्दै भन्नुभयो, “पार्टीको महाधिवेशनमा पक्ष विपक्ष हुनु स्वाभाविक हो तर महाधिवेशनपछि एकताबद्ध हुनुपर्छ ।” कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, किशोरसिंह राठौर, कल्याण गुरुङ र बर्दिया जिल्ला सभापति सञ्जय गौतमले पनि पार्टीभित्रको आन्तरिक एकता हुनुपर्नेमा जोड दिनुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…