• बाहुनडाँगी । नेपाल जेसीजले शनिवारदेखि शुरु गरेको साप्ताहिक तालिम अन्तरगत सोमवार दाङका् घोराहीमा सम्पन्न भएको छ ।
    त्रिभूवननगर जेसीजको आतिथ्यता तथा दाङ लेडी जेसीज, लमही जेसीज, तुलसीपुरनगर जेसीज र सल्यान जेसीजको सयुक्त सहभागिता रहेको थियो । तालिमको उद्घाटन नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष एवम् क्षेत्र ‘घ’ का निरुपित श्याम सुन्दर पौडेलले गर्नु भएको थियो । सहभागिलाई ‘स्टेट अफ माइन्ड’ का विषयमा नेपाल जेसीजका ट्रेनर जेसीआइ सिनेटर राजाबाबु शाहले प्रशिक्षण गराउनु भएको थियो ।
    आतिथ्यता शाखा त्रिभूवन नगर जेसीजका अध्यक्ष वसन्त अधिकारीको सभापतित्वमा सम्पन्न तालिममा प्रमुख अतिथि कार्यकारीणी उपाध्इक्ष श्याम सुन्दर पौडेल, नेपाल जेसीजका उपाध्यक्ष लालमणि भण्डारीले बोल्नु भएको थियो । तालिममा दाङ लेडी जेसीजकी अध्यक्ष रेखा शर्मा, लमही जेसीजका अध्यक्ष शिवशंकर गुप्ता, तुलसीपुरनगर जेसीजका अध्यक्ष मेघराज घिमिरे, र सल्यान जेसीजका अध्यक्ष राजेन्द्रकुमार थापालगायतको सहभागिता रहेको थियो । । कार्यक्रमको सञ्चालन महासचिव रोशन दाहालले गरेका थिए ।
    तालिम अन्तरगत बुधवार सुर्खेत लेडी जेसीजमा हुनेछ । यसैगरी धनगढी लेडी जेसीज हुँदै टिकापुरमा पुगेर समापन हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…