• कुमार खड्का चैत १२,पथरी
    मोरङको उर्लाबारी नगरपालिका २ मा रहेको सालबारी सामुदायीक बनको जग्गामा पथरीशनिश्चरेको नेम्वाङ ड्राईभिङ स्कुलले आफ्नो ट्रायल सेन्टर निमार्ण गरेको छ ।
    सालबारी सामुदायीक वन र ड्राइभिङ सेन्टरले पथरीशनिश्चरेको जय चौक क्षेत्रमा पर्ने उक्त जग्गा लिखित सम्भैता नै गरि ट्राईल सेन्टर निमार्ण सुरु गरेको हो ।


    दमकमा रहेको नेम्वाङ ड्राभिङ सेन्टरले आफ्नो शाखा पथरीमा खोली महेन्द्र राजमार्गमा ड्राईभिङ सिकाउदै आएको छ । वन र राजमार्गको जग्गा अतिक्रमण गरि ड्राभिङ सेन्टरले ट्रायल स्थल र राजमार्गलाई सिक्ने ठाँउको रुपमा प्रयोग गर्दै आएको छ ।
    तर नेम्वाङ ड्राईभिङ स्कुलले नियम बिपरित कार्य गर्दै आउदा पनि स्थानिय सरकार,ट्राफिक प्रहरी, मुखदर्शक बनेको देखिन्छ । सो बिषयमा ट्राफिक प्रहरीलाई जानकारी गराउदा आफुहरु बोल्न नमिल्ने भन्दै जिल्लामा सोध्नु पर्ने बताए ।
    सानो बाटो भएका कारण र जंगल एरिया भएकाले कानेपोखरी र मंगलबारे बिचमा अत्याधिक दुर्घटना हुने गरेको छ । त्यस्मा पनि ड्राभिङ स्कुलहरुले सिकारु स्थल बनाउदा यातायात आवत जावतमा जोखिम बढ्ेको देखिन्छ ।
    सालबारी सामुदायीक वनमा बुझ्न जादा सामुदायीक वनका कुनै पनि प्रतिनिधीले यस्को जवाफ दिन मानेन्न ।
    यता सेक्टर वन कार्यलय उर्लाबारी मंगलबारेले भने गस्तिका क्रममा देखेकोले वन नियम अन्र्तरगत त्यस्तो गर्न गराउन नपाईने भएकाले त्यस्को लगतै सामुदायीक वनलाई उक्त निर्माण कार्य रोकी हटाउन पत्र लेखी सकेको रेन्जर अमृत बहादुर लिम्बुले बताए ।
    यता ड्राइभिङ सेन्टरका संचालक अनुप नेम्वाङ र सालबारी सामुदायीक वनका तर्फबाट अध्यक्ष नरेन्द्र थापा बिच उक्त जग्गा ५ बर्षका लागि वार्षीक १० हजारका दरले दिने फागुन १८ गते संझैता भएको छ ।


    ड्राभिङ सेन्टरका संचालक नेम्वाङले भने क्यामरामा नबोल्ने भन्दै लिखित सम्झैता अनुरुप आफुहरुले गरेको तर त्यसकार्यमा अवरोध आएका कारण निमार्ण कार्य रोकेको बताए ।
    तर यता सम्झैता अनुरुप पहिलो किस्ता वापतको रकम गत फागुन २० गते सालवारी सामुदायीक लिएको देखीन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…