• रातोकलम अनलाइन
    -क्वालालम्पुर,चैत्र-१२

    विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिबिधि नेपाल सरकारको नजरमा प्रतिबन्धित देखिए पनि केही समययता देश बिदेशमै नेकपाको गतिबिधिले तिब्रता पाएको छ।
    विप्लव निकट प्रवासी युवाहरुको संगठन जनप्रगतिशील मोर्चा मलेसियाले नवनियुक्त राजदुत उदयराज पाण्डेलाई स्वागत संगै मलेसियामा रहेका सम्पुर्ण श्रमिकहरुको मुद्दालाई केन्द्रित गर्दै विभिन्न माग सहित सोमबार ज्ञापन-पत्र बुझाएका हो।

    सामान्यतया माग पत्र,ज्ञापनपत्र बुझाउने प्रक्रिया कुनै नयाँ र अनौठो नभए पनि यसको चर्चाको बिषय भनेको उल्लेखनीय रुपमा उठान गरिएका बिषय बस्तु र एजेण्डाले महत्व राख्दछ। मोर्चाको ज्ञापन-पत्रमा माग गरिएको बिषयहरु मुख्यतः श्रमिकले आफ्नो श्रम स्वतन्त्र मर्यादित र सुरक्षित रुपमा गर्न पाउनु पर्ने र सम्झौतामा उल्लेख बिसयहरु लागु हुनुपर्ने। अन्तर्राष्ट्रिय मानवअधिकार साथै विश्व श्रमिक अधिकार अनुरुपको को मजदुर अधिकार सुनिश्चित हुनुपर्ने जस्ता महत्वपूर्ण बिषयहरु ज्ञापन पत्रमा समेटिएको छ।

    मजदुर अधिकारको माग सहित संगठनको तर्फबाट संयोजक तथा पार्टी सेक्रेटरी :महेश ओलि अध्यक्ष, बिजय लामा संगठनका सुचना तथा संचार बिभाग प्रमुख ,सन्तोष तामाङ मोर्चा सेलेङगारका छेत्रीय अध्यक्ष, हुकुम केसि ज्ञान बहादुर रावल। लगायतको उपस्थिती रहेको थियो भने नेपाली दुतावासको तर्फबाट राजदूत उदयराज पाण्डेले ज्ञापनपत्र बुझ्दै मलेसियाको श्रमिकहरुको समस्या लाई जरैबाट पहिचान गरि कानुनी उपचार तथा संबैधानिक र सम्झौताको अाधारमा समाधान गर्न दुतावासको तर्फबाट कुनै पनि कसर बाँकी नराख्ने र त्यसको लागि सम्पूर्ण नेपाली श्रमिकहरु सामाजिक अगुवा लगायत सबैको सहयोग आवश्यक रहेको बतानु भएको छ।

    कारण बस कुनै नेपाली अवैधानिक भएको कुनै गम्भीर अपराध र कसुर नभएको तर पैसाकै कारण घरफर्कन सकिरहेको छैन भने त्यस्ता पिडितहरुका लागि राज्य कोषमा भएको रकमले स्वदेश फिर्ताको बातावरण मिलाउन सकिने बिकल्प पनि बताउनु जानकारी दिनु भएको छ।
    अधिकाक्ष देशहरूमा नेपाली नागरिक श्रम गरिरहेको भए पनि अन्य देशको तुलनामा मलेसियामा विविध कारणले गर्दा श्रमिक माथी आएको समस्या र घटनाहरु बढि भएको समचार संप्रेषण हुनेगरेको छ। यसको समधानको लागि भएको प्रयास जोकोही बाट भए पनि अत्यन्त अवश्यक रहेको पाण्डेले बताउनु भयो।

    साथै नेपाल सरकारले विप्लव नेकपाका सम्पूर्ण गतिविधि माथी पुर्ण प्रतिबन्ध लगाएको प्रती आपत्ति ब्यक्त गरेको छ।भने सरकारको यो अशोभनिय कार्यप्रती खेद ब्यक्त गर्दै विप्लव निकट प्रवासी युवाहरु ले न्यायोचित र राजनीतिक प्रतिसोध सहितको गतिबिधि विरुद्ध सम्बैधानिक नागरिक अधिकारको माग समेत गरेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…