कुमार खड्का चैत १२,पथरी
मोरङको उर्लाबारी नगरपालिका २ मा रहेको सालबारी सामुदायीक बनको जग्गामा पथरीको नेम्वाङ ड्राईभिङ स्कुलले ५ वर्षे समझौता गरि निर्माण गरेको आफ्नो ट्रायल सेन्टर भत्काएको छ ।
सालबारी सामुदायीक वन र ड्राइभिङ सेन्टरले पथरीशनिश्चरेको जय चौक क्षेत्रमा पर्ने उक्त जग्गामा लिखित सम्झौता नै गरि ट्राईल सेन्टर निमार्ण सुरु गरेको थियो ।
विगत लामो समय देखी सो स्थानमा डा«भिङ तालिम हुदै आएको भएता पनि पछिल्लो समयमा भने सालवारी सामुदायिक वन र डा«भिङ सेन्टरले लिखीत समझौता गरि कङक्रिड सहितको तालिम सेन्टर निर्माण भएको थियो ।
जसको समाचार रातोकलम डटकम मा प्रकाशन भएपछि सो स्थानमा निर्माण भएको पक्की संरचना भत्काईएको छ ।
नेम्वाङ र सालबारी सामुदायीक वनका तर्फबाट अध्यक्ष नरेन्द्र थापा बिच उक्त जग्गा ५ बर्षका लागि वार्षीक १० हजारका दरले दिने फागुन १८ गते सम्झौता भएको समाचार प्रकाशन भएको थियो ।
सो स्थानमा निर्माण भएको पक्की संरचनाको वाकी अवशेष चाडै डा«इभिङ सेन्टरले व्यावस्थापन गर्ने वचन दिएको वनका अध्यक्ष थापाले वताए ।
दमकमा रहेको नेम्वाङ ड्राभिङ सेन्टरले आफ्नो शाखा पथरीमा खोली महेन्द्र राजमार्गमा ड्राईभिङ सिकाउदै आएको छ । वन र राजमार्गको जग्गा अतिक्रमण गरि ड्राभिङ सेन्टरले ट्रायल स्थल र राजमार्गलाई सिक्ने ठाँउको रुपमा प्रयोग गर्दै आएको छ ।
सानो बाटो भएका कारण र जंगल एरिया भएकाले कानेपोखरी र मंगलबारे बिचमा अत्याधिक दुर्घटना हुने गरेको छ । त्यस्मा पनि ड्राभिङ स्कुलहरुले सिकारु स्थल बनाउदा यातायात आवत जावतमा जोखिम बढ्ेको देखिन्छ ।
तर नेम्वाङ ड्राईभिङ स्कुलले नियम बिपरित कार्य गर्दै आउदा पनि स्थानिय सरकार,ट्राफिक प्रहरी, मुखदर्शक बनेको देखिन्छ । सो बिषयमा ट्राफिक प्रहरीलाई जानकारी गराउदा आफुहरु बोल्न नमिल्ने भन्दै जिल्लामा सोध्नु पर्ने बताए ।
सम्झौता अनुरुप पहिलो किस्ता वापतको रकम गत फागुन २० गते सालवारी सामुदायीक लिएको देखीएको छ ।