उर्लाबारी । उर्लाबारी–७ स्थित नमूना बाल गृहलाई ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरिकाको सिजल एण्ड सिस्टर्स कम्पनी सञ्चालक मोन सुवेदीले उक्त रकम हस्तान्तरण गरिएको हो । उर्लाबारी–९ का सामाजिक काममा सक्रिय युवा युवा कमल फ्याक लिम्बूको पहलमा आएको ५० हजार रुपैयाँ नगद गृहकी अध्यक्ष मिनादेवी बराललाई हस्तान्तरण गरिएको छ । उर्लाबारीकै गहनाको रुपमा रहेको बाल गृहको विकासमा सबैको साथ र सहयोगको खाँचो रहेको गृहकी अध्यक्ष बरालले बताइन् । सहयोगीदाताको भरमा चलेको गृहमा मुलुकभरीका ४६ जना बालबालिका रहेका छन् ।