देबु बानियाँ
बाहुनडाँगी । नेपाल जेसीज वर्ष २०१९ का देशभरका शाखा अध्यक्षहरुको क्षेत्रगत भेला यहि चैत ३० गते हुने भएको छ । नेपाल जेसीजले निर्धारण गरेको देशका ४ वटै क्षेत्रमा सोही दिन एकै समयमा हुने निश्चित भएको हो । वर्ष २०१८ मा राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले अध्यक्षहरुको क्षेत्रगत भेलालाई एकै समयमा सम्पन्न गर्ने कार्यको सुरुवात गर्नु भएको थियो । सोही कार्यलाई वर्ष २०१९ का राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले त्यसलाई निरन्तरता दिनु भएको छ । त्यस भन्दा अघि क्षेत्रगत अध्यक्षहरको भेला आ आफ्नो समय अनुसार सञ्चालन हुने गरेको थियो ।
यो वर्ष क्षेत्र ‘क’ का लागि इन्द्रपुर जेसीज मोरङ, क्षेत्र ‘ख’ का लागि पोखरा लेडी कास्की, क्षेत्र ‘ग’ का लागि ठिमी जेसीज काठमाडौँ र क्षेत्र ‘घ’ का लागि सुनवल जेसीज नवलपरासीले आतिथ्यता गरेका छन् । हरेक वर्ष हुने नेपाल जेसीजको वार्षिक कार्यतालिका अनुसारको यो देशभरका शाखा अध्यक्षहरुको क्षेत्रगत भेलामा शाखामा नेतृत्व लिएको करिब ४ महिनाको अवधीमा भए गरेका गतिविधि र आगामी योजनाका बारेमा छलफल तथा परामर्श गरिने गरिएको छ ।
साथै नेपाल जेसीजले गरेका कार्यक्रम र आगामी योजनाका बारेमा निरुपित कार्यकारीणी उपाध्यक्ष र निरुपित उपाध्यक्षहरुले प्रस्तुत गर्नु हुनेछ । जसका लागि क्षेत्र ‘क’ मा निरुपित कार्यकारीणी उपाध्यक्ष रविन पोखरेल, निरुपित उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठ, क्षेत्र ‘ख’ मा निरुपित कार्यकारीणी उपाध्यक्ष रमेश चन्द्र भुषाल र निरुपित उपाध्यक्षमा गोकुल सापकोटा रहनु भएको छ । यसैगरी क्षेत्र ‘ग’ मा निरुपित कार्यकारीणी उपाध्यक्ष अमिश ढकाल र निरुपित उपाध्यक्ष हरि शर्मा, क्षेत्र ‘घ’ निरुपित कार्यकारीणी उपाध्यक्ष श्याम सुन्दर पौडेल मिलन र निरुपित उपाध्यक्षमा अर्जुन अधिकारी रहनु भएको छ । साथै भेलामा नेपाल जेसीजका पदाधिकारीहरु आ आफ्नो क्षेत्रमा सहभागि हुनु हुनेछ ।